IME Life

नेपाल टेलिकमको मुनाफा १७ प्रतिशतले बढ्यो, कति दिन सक्ला लाभांश ?

SPIL
NIC ASIA

काठमाडौं । नेपाल टेलिकमले गत आर्थिक वर्ष २०७८/७९ मा १७ प्रतिशतले मुनाफा बढाउन सफल भएको छ । कम्पनीले गत वर्ष ८ अर्ब ३८ करोड रुपैयाँ आर्जन गरेको छ । गत वर्षमा ७ अर्ब १२ करोड रुपैयाँ थियो ।

गत वर्ष २० प्रतिशत बोनस शेयर दिएर चुक्ता पूँजी १८ अर्ब रुपैयाँ पुर्याएको थियो । चुक्ता पूँजी बढे पनि कम्पनीको प्रतिशेयर आम्दानी ३९ रुपैयाँबाट ४६ रुपैयाँ पुर्याउन सफल भएको छ । कम्पनीको जगेडा कोषमा ७७ अर्ब रुपैयाँ रहेको छ । यदि मुनाफा बराबरकै लाभांश दियो भने पनि कम्पनीले ३५ देखि ४० प्रतिशतको विचमा लाभांश दिन सक्ने देखिन्छ । सरकारको राजश्वको प्रमुख स्रोत बन्दै आएको टेलिकमले हरेक वर्ष आकर्षक नगद लाभांश दिदै आएको छ ।

Prabhu
Crest

कम्पनीले ग्राहक सेवा मार्फत ३७ अर्ब ८८ करोड रुपैयाँ आर्जन गरेको छ । जवकी गत वर्षमा जम्मा ३५ अर्ब ९३ करोड रुपैयाँ मात्रै थियो । यस वर्ष अन्य आम्दानीमा पनि सामान्य सुधार देखिन्छ । गत वर्ष ६ अर्ब ४३ करोड रुपैयाँ आर्जन गरेकोम अघिल्लो आर्थिक वर्षमा ६ अर्ब २७ करोड रुपैयाँ मात्रै थियो । कम्पनीले फोरजी तथा इन्टरनेट सेवा प्रवाह गरेर राम्रो आम्दानी गरिरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS