IME Life

असार महिनासम्ममा निर्जीवन बीमा कम्पनीको कुल बीमा शुल्क आर्जन ३९ अर्ब १६ करोडमाथि, कुन कम्पनीको कति? (सूचिसहित)

SPIL
NIC ASIA

काठमाडौं । आर्थिक वर्ष २०७८/ ७९ को असार महिनासम्ममा २० निर्जीवन बीमा कम्पनीहरुले ३९ अर्ब १६ करोड ९९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । बीमा समितिको तथ्याङक अनुसार यी कम्पनीहरुले २७ करोड ८८ लाख रुपैयाँ बीमालेख जारी गरी यस बीमा शुल्क आर्जन गरेका हुन् । यी कम्पनीहरुले असार महिनामा मात्रै ५ अर्ब २८ करोड ६३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

समितिको तथ्याङक अनुसार यस महिनासम्ममा सबैभन्दा धेरै कुल बीमा शुल्क आर्जन गर्ने कम्पनीमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिसम्ममा ५ अर्ब ९२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । दोस्रोमा सगरमाथा इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले ३ अर्ब १० करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
तेस्रोमा नेको इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा २ अर्ब ८५ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । चौथोमा राष्ट्रिय बीमा कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा २ अर्ब ६४ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

Prabhu
Crest

त्यस्तै, सिद्धार्थ इन्स्योरेन्सले २ अर्ब ६१ करोड, एनएलजी इन्स्योरेन्स कम्पनीले २ अर्ब ३७ करोड, प्रिमियर इन्स्योरेन्स कम्पनीले २ अर्ब १४ करोड, हिमालयन जनरलले २ अर्ब ६ करोड, आइएमई जनरलले १ अर्ब ७७ करोड, अजोड इन्स्योरेन्सले १ अर्ब ६६ करोड, लुम्बिनी जनरलले १ अर्ब ५८ करोड, नेपाल इन्स्योरेन्सले १ अर्ब ५८ करोड,यूनाटेड इन्स्योरेन्सले १ अर्ब ५४ करोड, ओरिएण्टल इन्स्योरेन्सले १ अर्ब ४४ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

त्यसैगरी प्रभु इन्स्योरेन्सले १ अर्ब ३५ करोड, प्रुडेन्सियल इन्स्योरेन्सले १ अर्ब ३३ करोड, एभरेष्ट इन्स्योरेन्सले १ अर्ब २२ करोड, सानिमा जनरलले १ अर्ब ४ करोड, नेशनल इन्स्योरेन्सले ९० करोड ६६ लाख र जनरल इन्स्योरेन्सले ९० करोड १२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS