IME Life

नेपाल पुनर्बीमा कम्पनीको बीमा शुल्क आर्जन ८ अर्ब ७८ करोड, नाफा कति ? ( रिपोर्ट सहित )

SPIL
NIC ASIA

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्ष (आ.व) ७८/७९ को तेश्रो त्रैमासको रिपोर्ट सार्वजनिक गरेको छ । कम्पनीले गत आवको तेश्रो त्रैमाससम्म निर्जीवन तर्फ ६० करोड २१ लाख खुद नाफा गर्न सफल भएको छ भने जीवन बीमा तर्फ भने २ करोड ९७ लाख नोक्सानी बेहोर्न पुगेको छ ।

अघिल्लो आर्थिक वर्ष ७७/७८ को तेश्रो त्रैमाससम्म कम्पनीले निर्जीवन बीमा तर्फ ८२ करोड ४७ लाख खुद नाफा गर्दा जीवन बीमा तर्फ १० करोड १० लाख खुद नाफा गरेको थियो ।

Prabhu
Crest

गत आवको तेश्रो त्रैमाससम्म नेपाल पुनर्बीमा कम्पनीले ८ अर्ब ७८ करोड कुल बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आवको तेश्रो त्रैमाससम्म ६ अर्ब ८१ करोड कुल बीमा शुल्क आर्जन गरेको कम्पनीले एक वर्षको अवधिमा करिव २९ प्रतिशतले व्यवसाय वृद्धि गर्न सफल भएको छ ।

११ अर्ब ६५ करोड चुक्ता पूँजी भएको कम्पनीमा निर्जीवन तर्फ ३ अर्ब ९१ करोड जगेडा कोषमा संचित रकम हुँदा जीवन बीमा तर्फ ५९ करोड ५ लाख जगेडामा संचित गर्न सफल भएको छ । त्यस्तै निर्जीवन तर्फ बीमा कोषमा २ अर्ब ५४ करोड रहेको छ ।

प्रकाशित तथ्याङ्क अनुसार कम्पनीको वार्षिक प्रति शेयर आम्दानी ६ रुपैयाँ ५५ पैसा छ भने किताबी मूल्य १६० रुपैयाँ ५१ पैसा छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS