IME Life

असार मसान्तसम्ममा जीवन बीमा कम्पनीले संकलन गरे १ खर्ब ३८ अर्ब कुल बीमा शुल्क, कुनले कति गरे व्यापार (सूचिसहित)

SPIL
NIC ASIA

काठमाडौं । १९ वटा जीवन बीमा कम्पनीहरुले आर्थिक बर्ष २०७८/ ७९ को असार मसान्तसम्ममा १ खर्ब ३८ अर्ब ६४ करोड ५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । बीमा समितिको तथ्याङक अनुसार संचालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुकोे असार मसान्तसम्ममा १ करोड ३० लाख ९९ हजार ६३२ वटा बीमालेख सक्रिय रहेका छन् । यस अवधिसम्म्ममा यी कम्पनीहरुले ४१ अर्ब ४४ करोड ७० लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् । यस अवधिसम्ममा अधिकांश बीमा कम्पनीहरुले आफ्नो व्यापार विस्तार गरेको पाइन्छ । असार महिनामा मात्रै यी कम्पनीहरुले १७ अर्ब ६७ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।
समितिको तथ्याङ्क अनुसार असार मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै बीमा शुल्क आर्जन गर्ने कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिसम्ममा ३५ अर्ब ३८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।
दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) रहेको छ । कम्पनीले यस अवधिसम्ममा १८ अर्ब २२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । तेस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिसम्म १४ अर्ब ३३ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

समितिको तथ्याङ्क अनुसार असार मसान्तसमममा सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले ८ अर्ब ४७ करोड रुपैयाँ, यूनियन लाइफले ७ अर्ब ९२ करोड रुपैयाँ, एशियन लाइफले ६ अर्ब ८७ करोड रुपैयाँ, सिटिजन लाइफले ५ अर्ब ४३ करोड रुपैयाँ, मेट लाइफले ५ अर्ब २३ करोड रुपैयाँ, सूर्या लाइफले ४ अर्ब ९९ करोड रुपैयाँ, प्राइम लाइफले४३ अर्ब ६० करोड रुपैयाँ र रिलायबल नेपाल लाइफले ३ अर्ब ९४ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

Prabhu
Crest

त्यस्तै, ज्योति लाइफको ३ अर्ब ८० करोड रुपैयाँ, आइएमई लाइफले ३ अर्ब ५३ करोड रुपैयाँ, सन नेपाल लाइफले ३ अर्ब ३६ करोड रुपैयाँ, रिलायन्स लाइफले ३ अर्ब १२ करोड रुपैयाँ, गुराँस लाइफले ३ अर्ब ८ करोड रुपैयाँ, प्रभु लाइफले २ अर्ब ३९ करोड रुपैयाँ, सानिमा लाइफले २ अर्ब ३१ करोड रुपैयाँ र महालक्ष्मी लाइफले १ अर्ब ५८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS