IME Life

म्युचुअल फण्डको प्रतिफल साढे दुई गुणाले घट्यो, मार्केट प्लेयरको अगाडी टिक्न गाह्रो !

SPIL
NIC ASIA

काठमाडौं । गत आर्थिक वर्ष शेयर बजारमा तिव्र गिरावट हुँदा म्युचुअल फण्डको मुनाफा साढे दुई गुणाले घटेको छ । गत आर्थिक वर्षमा सत प्रतिशतसम्म प्रतिफल दिएका म्युचुअल फण्डले यस वर्ष मुस्किलले ५ देखि २५ प्रतिशत भन्दा माथि लाभांश दिन सक्ने अवस्था छैन ।

दोस्रो बजारमा लगानी गरेर लाभ लिन नसक्दा म्युचुअल फण्डको प्रतिफल सुधार हुन नसकेको हो । नेपालको शेयर बजारमा एकोहोरो सुधार हुने र एकोहोरो गिरावट हुने प्रवृत्तीले गर्दा दोस्रो बजारलाई नै लगानीको आधार मान्ने यस्ता म्युचुअल फण्डको प्रभावकारिता माथि नै प्रश्न उठेको छ । राम्रो लाभांश दिन नसक्दा लगानीकर्ताको म्युचुअल फण्ड प्रतिको आकर्षण पनि घटेको छ । यसले गर्दा म्युचुअल फण्डलाई आफ्नो आकार बराबरको सार्वजनिक निष्काशन गर्न समेत संस्थागत लगानीकर्तालाई गुहार्नु पर्ने अवस्था छ ।

Prabhu
Crest

 

शेयर बजार बढ्दा जस्ता सुकै खत्तम कम्पनीको मूल्यमा पनि उछाल आउने र बजार घट्दा जस्ता सुकै बलिया र अधिक प्रतिफल दिने कम्पनीहरुको पनि बजार मूल्य घट्ने गरेको छ । यसको प्रमुख कारण शेयर बजारमा एकै किसिमको मानसिकताको हाबी हुनु र बैंक वित्तीय संस्थाको हाबी बढ्नुले पनि हो । अझै पनि दोस्रो बजारमा बैंक वित्तीय संस्थाको हाबी छ । जसको शेयर सप्लाइ अधिक छ । जसको सप्लाइ साना तिना लगानीकर्ताले धान्न सक्ने अवस्था छैन ।

अर्को तर्फ ठुला लगानीकर्ताले शेयर बजार बढेको बेलामा माथि पुर्याउने र घट्ने सुइको पाउने वित्तीकै आफ्नो सम्पुर्ण लगानी फिर्ता लैजाने प्रवृत्तीले पनि शेयर बजार स्टेवल हुन सहिरहेको छैन । गएको बुलमा वैदेशिक व्यापार गर्ने व्यापारी, पर्यटन व्यवसायी, सरकारकी कर्मचारी लगायतले आफु सँग भएको सम्पुर्ण पैसा शेयर बजारमा एकै पटक लगानी गरे । जसले गर्दा शेयर बजार चाहिने भन्दा अधिक बढ्यो । जव कोभिड १९ को प्रभाव न्युनिकरण हुँदै गयो त्यस पछि उनिहरुले आफ्नो सम्पुर्ण लगानी फिर्ता लगे ।

विगत एक दुई महिना अगाडी शिवम सिमेन्टको शेयरमा पनि त्यस्तै भयो । कम्पनी प्रति ठुलो हल्ला मच्चाएर शेयर मूल्य बढाइयो । त्यस पछि कम्पनीका ठुला लगानीकर्ताले नै बढेको बजारमा शेयर बिक्री गरेर बाहिरिए । जसमा सोझा साझा र बजार हल्लाको भरमा शेयर खरिद गर्नेहरु सबैभन्दा धेरै प्रभावित भए । शिवम् सिमेन्टका ठुला लगानीकर्ताले शेयर बिक्री गरेर ठुलो रकम लिएर बाहिरिएकाले पनि पछिल्लो दिनमा बजार तल झरेको विश्लेषण गरिएको छ । उनिहरुको खेलमा कति वटा म्युचुअल फण्ड फसिसकेका छन् पत्तो छैन ।

अझ लकडाउनको समयमा जलविद्युत कम्पनीका ठुला लगानीकर्ताले यहि फर्मुला अपनाएको पाइयो । बजारमा हकप्रदको हल्ला चलाएर एक दुई सय रुपैयाँका हाइड्रोपावर एक हजारसम्म पुर्याइयो । यहि बढेको मौकामा उनिहरुले शेयर बिक्री गरेर आफ्नो लगानी फिर्ता लिदै अधिक फाइदा कमाए । यसको बजारको तरलता बाहिरियो र बजार माथि उठ्न सकेन । त्यसैले यस्तो खेलाडी हुने बजारमा प्राविधिक विश्लेषण गरेर शेयर खरिद गर्ने म्युचुअल फण्डले फाइदा लिन सक्ने अवस्था नै रहदैन । त्यसैले शेयर बजारको तिव्र उतारचढाव पनि म्युचुअल फण्डका लागि लाभप्रद देखिदैन । एक वर्ष राम्रो लाभांश दिन सके पनि बजार तल झर्दा सञ्चालन नै हुन नसक्ने अवस्थामा पुग्ने गर्छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS