Prabhu Life Ad Final

मर्जर हुन नसकेर आ-आफ्नो बाटो लागेका नेपाल इन्भेष्टमेण्ट र हिमालयन बैंकलाई दाँजेर हेर्दा

काठमाडौं । हिमालयन बैंक र नेपाल इन्भेष्टमेण्ट बैंकले केही समय अघि मर्जरको प्रक्रियामा थिए । हिमालयन बैंकको पुष ३० गते सम्पन्न वार्षिक साधारणसभाले मर्जरमा नजाने निर्णय गरेसँगै मर्जर प्रक्रिया भाडिएको थियो । पारिवारिक कारणले गर्दा यो मर्जर सफल हुने विश्वास धेरैको थियो तर त्यसो हुन सकेन।  मर्जर भाडिए पछि दुवै बैंकले आफ्नो आफ्नो नयाँ पार्टनर खोजेका छन् । नेपाल इन्भेष्टमेण्ट बैंक मेगा बैंकसगँ मर्जर प्रक्रियामा छ भने हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गर्ने प्रक्रियामा छ ।

दुवै वाणिज्य बैंकले आर्थिक वर्ष (२०७८/७९ ) को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । दुई कम्पनीलाई शेयर पुँजी, संचित मुनाफा, जगेडा कोष, निक्षेप, कर्जा, खुद व्याज आम्दानी, संचालन मुनाफा, खुद नाफा, वितरणयोग्य मुनाफा, लाभांश क्षमता, प्रति शेयर आम्दानी, किताबी मूल्य र खराब कर्जा गरी १३ महत्वपूर्ण सूचकका आधारमा तुलनात्मक अध्ययन गरिएको छ ।

Biz Bazar
NLIC

दुई वाणिज्य बैंकलाई इन्स्योरेन्स खबरले गरेको तुलनात्मक अध्ययन :

चुक्ता पूँजीको आधारमा :
हिमालयन बैंकको चुक्ता पूँजी १२ अर्ब ९६ करोड छ भने नेपाल इन्भेष्टमेण्ट बैंकको चुक्ता पूँजी १८ अर्ब ३० करोड रहेको छ । चुक्ता पुँजीको आधारमा नेपाल इन्भेष्टमेण्ट बैंक अघि छ ।

संचित नाफाको आधारमा :
संचित नाफा हिमालयन बैंकको धेरै छ । नेपाल इन्भेष्टमेण्ट बैंकको संचित नाफा १ अर्ब २८ करोड हुँदा हिमालयन बैंकको २ अर्ब ६७ करोड छ ।

जगेडा कोषको आधारमा :
जगेडा कोषमा नेपाल इन्भेष्टमेण्ट बैंक अघि छ । नेपाल इन्भेष्टमेण्ट बैंकको जगेडा कोषमा १४ अर्ब ६७ करोड रुपैयाँ संचित छ भने हिमालयन बैंकको जगेडा कोषमा ६ अर्ब ४६ करोड रुपैयाँ संचित छ ।

निक्षेप र कर्जाको आधारमा :
हिमालयन बैंकले १ खर्ब ६८ अर्ब निक्षेप संकलन गरी १ खर्ब ४७ अर्ब कर्जा प्रवाह गरेको छ । त्यस्तै नेपाल इन्भेष्टमेण्ट बैंकले १ खर्ब ८४ अर्ब निक्षेप संकलन गरी १ खर्ब ५७ अर्ब कर्जा प्रवाह गरेको छ ।

खुद व्याज आम्दानीको आधारमा :
नेपाल इन्भेष्टमेण्ट बैंकले एक वर्षको अवधिमा ५ अर्ब ९४ करोड खुद व्याज आम्दानी गर्दा हिमालयन बैंकले ५ अर्ब १२ करोड खुद व्याज आम्दानी गरेको छ । व्याज आम्दानीमा व्याज खर्च घटाए पछि खुद व्याज आम्दानी आउँछ ।

संचालन नाफाको आधारमा :
हिमालयन बैंकले गत आवको चौथो त्रैमाससम्म ३ अर्ब ५४ करोड संचालन नाफा गर्दा नेपाल इन्भेष्टमेण्ट बैंकले ६ अर्ब ७२ करोड संचालन नाफा गरेको छ।

खुद नाफाको आधारमा :
हिमालयन बैंकले गत आवको चौथो त्रैमाससम्म २ अर्ब ४८ करोड खुद नाफा गरेको छ भने नेपाल इन्भेष्टमेण्ट बैंकले ४ अर्ब ८ करोड खुद नाफा गरेको छ ।

प्रति शेयर आम्दानीको आधारमा :
प्रति शेयर आम्दानीको आधारमा नेपाल इन्भेष्टमेण्ट बैंक अघि छ। नेपाल इन्भेष्टमेण्ट बैंकको प्रति शेयर आम्दानी २२ रुपैयाँ ३२ पैसा छ भने हिमालयन बैंकको प्रति शेयर आम्दानी १९ रुपैयाँ १४ पैसा छ ।

वितरणयोग्य मुनाफाको आधारमा :
हिमालयन बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ६६ करोड हुँदा नेपाल इन्भेष्टमेण्ट बैंकको २ अर्ब ३ करोड छ । कम्पनीको वितरणयोग्य मुनाफालाई कायम शेयर संख्याले भाग गर्दा हिमालयन बैंकको लाभांश क्षमता २० दशमलव ५२ प्रतिशत देखिन्छ भने नेपाल इन्भेष्टमेण्ट बैंकको ११ दशमलव १३ प्रतिशत देखिन्छ।

निस्क्रिय कर्जाको आधारमा :
नेपाल इन्भेष्टमेण्ट बैंकको निस्क्रिय कर्जा १ दशमलव ४७ प्रतिशत हुँदा हिमालयन बैंकको शून्य दशमलव ७७ प्रतिशत छ।

किताबी मूल्य :
हिमालयन बैंकको किताबी मूल्य १७० रुपैयाँ ५० पैसा छ भने नेपाल इन्भेष्टमेण्ट बैंकको किताबी मूल्य १८७ रुपैयाँ २१ पैसा छ ।

नोट : उपलब्ध तथ्यांक कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणबाट तयार गरिएको हो , यो विष्लेषण पूर्ण होइन लगानीकर्ताले कारोवारको निर्णय लिनु अघि थप अनुसन्धान गर्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार