IME Life

५ अंकले घट्यो नेप्से, १ अर्ब ९३ करोडको कारोबार हुँदा लगानी कोषको सर्वाधिक

SPIL
NIC ASIA

काठमाडौं । आज साताको चौथो दिन पनि शेयर बजार घटेको छ । आज नेप्से परिसूचक ५ दशमलव ११ अंकले २,०५७ दशमलव ६८ अंकको विन्दुमा कायम भएको छ । आज ११९ कम्पनीको शेयर मुल्यमा गिरावट आएको छ भने ५६ कम्पनीको शेयर मुल्य बढेको छ ।

आज दिनभरमा २१८ कम्पनीको ४६ लाख ४० हजार ८४४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ९३ करोड ५५ लाख २० हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नागकि लगानी कोषको शेयर कारोबार भएको छ । कोषको १० करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, शिवम् सिमेन्टको ६ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ६ करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भउको छ । नविल बैंकको ६ करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यसैगरी आज सबैभन्दा धेरै हिमालयन हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन् । यूनिलिभर नेपालका लगानीकर्ताले ४ दशमलव ३० प्रतिशतका दरले कमाएका छन् । विन नेपाल लघुवित्तका लगानीकर्ताले ३ दशमलव ५२ प्रतिशतका दरले कमाएका छन् । उपकार लघुवित्तका लगानीकर्ताले २ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै हिमालयन एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS