IME Life

बीमा कम्पनीहरुले कर्मचारी कल्याण र सिएसआरमा यो वर्ष कत्ति खर्च गर्दैछन् ?

SPIL
NIC ASIA

काठमाडौं। बीमा कम्पनीहरुले चालू आर्थिक वर्षको अनुमानित आय व्यय विवरण पेश गर्दा पहिलो पटक संस्थागत सामाजिक उत्तरदायित्व र कर्मचारी कल्याणको लागी समेत मुनाफाको निश्चित रकम विनियोजन गरेका छन् ।

समितिले बीमा कम्पनीहरुलाई सामाजिक उत्तरदायित्व प्रति जिम्मेवार बनाउन तथा सामाजिक उत्तरदायित्वको लागी खर्च गर्ने बाटो खुला गर्नको लागी गत आर्थिक वर्षदेखि सामाजिक उत्तरदायित्व बहन गर्नको लागी खुद नाफाको १ प्रतिशत रकम अनिवार्यरुपमा विनियोजन गर्न
निर्देशन दिएको थियो । साथै कर्मचारीको वृत्ति विकासको लागी खुद नाफाको २ प्रतिशत रकम अनिवार्यरुपमा तालिम लगायतको कर्मचारी कल्याणमा खर्चको लागी विनियोजन गर्न निर्देशन दिएको थियो ।

Prabhu
Crest

आर्थिक वर्ष २०७८/७९ को तेश्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण प्रकाशन गर्न थालेका छन् । निर्जीवन बीमकको हकमा अपरिष्कृत वित्तीय विवरणमा खासै अन्तर नदेखिने भएपनि जीवन बीमा कम्पनीको हकमा फरक पर्छ । जीवन बीमा कम्पनीको दायीत्व निर्धारणको कार्य प्राविधिक र जटिल भएको हुँदा बीमांकी (एक्चुअरी) मूल्यांकन पछि मात्र नाफा घाटाको यकीन गर्न सम्भव हुन्छ ।

तसर्थ बीमा कम्पनीहरुमध्ये निर्जीवन बीमकले कर्मचारी कल्याण र संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कति रकम खर्चिन्छन् भन्ने बारे तेश्रो त्रैमासिक वित्तीय विवरणबाट मोटामोटी अनुमान लगाउन संभव हुनेछ । तर जीवन बीमा कम्पनीको हकमा बीमांकी मूल्यांकनपछिको वित्तीय प्रतिवेदन बीमा समितिबाट स्वीकृत नहुँदासम्म कुर्नुपर्नेछ ।

बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकको निर्देशन अनुसार सामाजिक उत्तरदायित्व र कर्मचारी कल्याणका लागी यस्तो रकम खर्चिंदै आएपनि बीमा कम्पनीको लागी बीमा समितिले पहिलो पटक यस्तो निर्देशन जारी गरेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS