IME Life

बीमा कम्पनीहरुले समयमा कर बुझाउन नसक्दा करोडौको हर्जना तिर्दै

SPIL
NIC ASIA

काठमाडौं । बीमा कम्पनीहरुले समयमा लेखापरीक्षण प्रतिवेदन तयार पार्न नसक्दा कर कार्यालयमा हरेक वर्ष करोडौ रुपैयाँको हर्जना तिर्ने गरेको पाइएको छ । कम्पनीहरुको एक्चुरियल मूल्याङ्कनमा ढिलाइ हुँदा वास्विक कर निर्धारण हुन सक्दैन । त्यसैले गर्दा बीमा कम्पनीहरुले हरेक वर्ष जम्मा आम्दानीको ०.१ प्रतिशत हर्जना भुक्तानी गर्ने गरेको ठुला करदाता कार्यालयले जनाएको छ ।

एक्चुरियल मूल्याङ्कन पछि मात्रै कम्पनीको वित्तीय विवरण तयार हुन्छ । यस्तो वित्तीय विवरण तयार हुन एक वर्ष भन्दा लामो समय लाग्छ । जसले गर्दा करको निर्क्यौल हुन सक्दैन । निर्क्यौल हुन नसकेको करको दायित्व लेखापरीक्षण पछि बुझाउदा ठुलो हर्जना बुझाउनु पर्ने बाध्यता कम्पनीहरुको छ ।

Prabhu
Crest

अहिलेसम्म जीवन बीमा कम्पनीहरु मध्ये ८/९ वटा कम्पनीहरुले मात्रै २०७७/७८ को एक्चुरियल प्रतिवेदन तयार पारेका छन् । बाँकी कम्पनीको अझै कहिले हो पत्तो छैन । यस आर्थिक वर्षको एक्चुरियल प्रतिवेदन तयार पारेर वित्तीय विवरण बनाउदा १४ महिना ढिला भइसक्छ । अव कम्पनीहरुले कर योग्य आयको ०.१ प्रतिशतले हर्जना बुझाउनुपर्नेछ । जवकी कम्पनीहरुले गत आर्थिक वर्ष २०७९/७९ कै वित्तीय विवरण तयार पार्ने समय आइसक्यो ।

निर्जीवन बीमा कम्पनीहरुले जम्मा बिक्री आम्दानी र व्यवसायिक आम्दानीमा कर गणना हुन्छ । निर्जीवनले पनि ६ महिना पछि मात्रै वित्तीय विवरण तयार पार्ने गरेको पाइन्छ । बीमा कम्पनीहरुले हरेक वर्ष अर्बौ रुपैयाँ कर भुक्तानी गरिरहेका छन् । नेपाल लाइफले आर्थिक वर्ष २०७६/७७ मा मात्रै तीन अर्ब ४० करोड रुपैयाँ कर भुक्तानी गरेको थियो ।

कम्पनीले लेखापरीक्षण हुनुभन्दा अगाडी पनि अग्रिम रुपमा कर भुक्तानी गरिरहेका हुन्छन् । तर फाइनल कर भुक्तानीका लागि एक्चुरियल मूल्याङ्कन नै सम्पन्न गर्नु पर्छ । ठुला करदाता कार्यालयका अनुसार बीमा कम्पनीहरुले हरेक वर्ष करोडौ रुपैयाँको हर्जना तिर्ने गरेका छन् ।

यदि उनिहरुले समयमा लेखापरीक्षण सम्पन्न गर्ने हो भने यस्तो हर्जनाबाट बच्न सक्थे । समयमा साधारणसभा तथा लेखापरीक्षण नगर्दा गत वर्षदेखि बीमा समितिले पनि बीमा कम्पनीहरुलाई १० हजार रुपैयाँ हर्जना सहित कारबाही गर्न सुरु गरेको छ । निर्जीवन बीमा कम्पनीहरुमा खासै ठुलो समस्या नदेखिए पनि जीवन बीमा कम्पनीहरुका लागि यो सबैभन्दा ठुलो समस्या हो । निर्जीवनमा पनि समस्या छ तर उनिहरुले छोटो समयको मात्रै हर्जना तिर्ने गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS