IME Life

मर्जर पछि साविक एभरेष्ट इन्स्योरेन्सका शेयरधनी चरम घाटामा, ‘५९० रुपैयाँ नपुगी फाइदा हुँदैन’

SPIL
NIC ASIA

काठमाडौं । मर्जर पछि कायम शेयर कित्ता र बजार मूल्यका आधारमा साविक एभरेष्ट इन्स्योरेन्स कम्पनीका शेयरधनी चरम घाटामा देखिएका छन् । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको पछि शेयर मूल्यका आधारमा एभरेष्ट इन्स्योरेन्स कम्पनीका शेयरधनी झण्डै २० प्रतिशतले नोक्सानमा देखिएका छन् ।

मर्जर हुनु भन्दा अगाडी एभरेष्ट इन्स्योरेन्स कम्पनीको अन्तिम शेयर मूल्य ५०० रुपैयाँ थियो । एक वर्षको अवधिमा कम्पनीको शेयर मूल्य अधिकतम ८८५ रुपैयाँसम्म पुग्यो भने न्युनतम ४९४ रुपैयाँसम्म झर्यो । ६ महिनाको औषत मूल्य नै ६७७ रुपैयाँ पर्न आउछ ।

Prabhu
Crest

मानौ मर्जर भन्दा अगाडी शेयरधनीले एभरेष्ट इन्स्योरेन्स कम्पनीको १०० कित्ता शेयर ५०० रुपैयाँको दरले ५० हजार रुपैयाँमा खरिद गरेका थिए । मर्जर पनि उक्त शेयरधनीको शेयर संख्या ८५ कित्तामा झर्यो । मर्जर पछिको पहिलो कारोबार अनुसार शेयर मूल्य ४७० रुपैयाँ छ । यहि मूल्यका आधारमा उक्त शेयर बिक्री गर्दा ३९ हजार ९५० रुपैयाँ मात्रै आउछ ।

एभरेष्ट इन्स्योरेन्स कम्पनीका शेयरधनीहरुलाई फाइदा हुन हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको शेयर मूल्य कम्तिमा पनि ५९० रुपैयाँ पुग्नु पर्नेछ ।

गत बैशाख महिनामा कम्पनीहरुको शेयर मूल्य अहिलेको भन्दा केहि माथि नै थियो । तर तीन महिनाको अवधिमा अन्य कम्पनीको शेयर मूल्य पनि धेरै तल झरिसकेका छन् । यहि कारणले गर्दा पनि बीमा कम्पनीको मर्जर अगाडी लगानीकर्ताको आकर्षण देखिएको थिएन ।

अहिलेको मूल्य अनुसार हिमालयन इन्स्योरेन्स कम्पनीको शेयर मूल्यमा पनि गिरावट आएको छ । मर्जरको सहमति हुनु भन्दा अघिल्लो दिन हिमालयनको शेयर मूल्य ५२० रुपैयाँ थियो । तर सफल मर्जर पछि पहिलो कारोबार हुँदा ५१० रुपैयाँमा झर्यो । त्यसमा पनि मूल्य लगातार तल झर्ने क्रममा ४७० रुपैयाँमा झरिसकेको छ । तर हिमालयनका शेयरधनीहरुले एभरेष्ट इन्स्योरेन्स कम्पनीको शेयर प्रिमियमबाट बोनस पाउन सक्नेछन् ।

कम्पनीको हालको चुक्ता पूँजी २ अर्ब २३ करोड ९९ लाख रुपैयाँ छ । बीमा समितिले निर्देशन गरेको न्युनतम चुक्ता पूँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउन पनि कम्पनीले बोनस शेयर जारी गर्नुपर्नेछ । कम्पनीले अव आउने साधारणसभाबाटै कम्तिमा पनि २६ करोड रुपैयाँ बोनस शेयर दिनु पर्नेछ । अर्थात कम्पनीले ११.६१ प्रतिशत बोनस शेयर दिनै पर्ने  अवस्था छ । यदि मर्जर पछि कम्पनीको क्षमता थप बढाउने हो भने अझै बोनस शेयर मार्फत पूँजी बढाउन सक्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS