IME Life

नर्भिक अस्पताललाई एक महिनाको अल्टिमेटम दिएर फर्किए मेयर बालेन

SPIL
NIC ASIA

काठमाडौं । नर्भिक अस्पताललाई २४ घण्टा भित्र सरकारकी जग्गामा बनेको संरचना भत्काउन तथा हटाउन निर्देशन दिएका मेयर बालेद्र शाहले थप ३०/३५ दिनको अल्टिमेटम दिएका छन् । प्राविधिकहरुले दिएको सुझावअनुसार अवको ३० देखि ३५ दिनमा संरचना व्यवस्थान गर्न शाहले निर्देशन दिएका छन् ।

महानगरले हिजो नर्भिक अस्पताललाई सरकारी जग्गामा बनेको अधिकृत संरचना भत्काउन २४ घण्टाको समय दिएको थियो । उक्त अल्टिमेटमा निर्देशन नमाने पछि मेयर शाह आफै आज अस्पताल पुगेका थिए ।

Prabhu
Crest

अस्पतालले सरकारी जग्गामा संरचना बनाएको विषयमा अध्ययन गर्न महानगरपालिका र अस्पतालका प्राविधिक सहितको अध्ययन समिति गठन गर्ने सहमति भएको छ । शाहले अस्पताल मै पुगेर मेयर महानगरपालिका र अस्पतालका प्राविधिक राखेर प्राविधिकहरुको निर्णयानुसार अगाडि बढ्ने सहमति गरेका हुन् ।

सार्वजनिक जग्गा मिच्ने, फुटपाथ मिच्ने विषय एउटै भएकाले सबैलाई कानुन बराबर लाग्ने मेयर शाहको भनाइ छ । आफूलाई अस्पतालले सरकारसँग जग्गा लिजमा लिएको विषयमा समस्या नभएको उनको भनाइ छ । अस्पतालले भने सरकारसँग भएको संझौता बमोजिम नै काम गरेको अभिव्यक्ति दिएको छ । संझौताअनुसर अझै अस्पतालले ८ वर्ष भोगचलन गर्न पाउनेछ ।

महानगरले एक रोपनी ८ आना जग्गाको पश्चिमतर्फ सम्झौता विपरित क्यान्टिन तथा अन्य संरचना बनाएको भन्दै आएको छ । तर आज अस्पतालले भने यस जग्गामा अक्सिजन सहितका सामाग्री भण्डारण गरिएको जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS