IME Life

निर्जीवन बीमा कम्पनीको तुलनामा जीवन बीमा कम्पनी बीचको मर्जर समयमा हुन कठिन !

SPIL
NIC ASIA

काठमाडौं । निर्जीवन बीमा कम्पनीको साथै जीवन बीमा कम्पनीहरुबीच जारी मर्जर प्रकृया कात्तिक मसान्तभित्रै सम्पन्न हुनेमा आशंका व्यक्त गरिएको छ ।

जीवन बीमा कम्पनीको जस्तो निर्जीवन बीमा कम्पनीमा बीमांकी मूल्यांकनको झण्झट नहुने भएकाले निर्जीवन बीमकबीच तुलनात्मकरुपमा छोटो समयमै मर्जर सम्भव भएपनि बीमांकी मूल्यांकन प्रकृया र बीमित प्रति दीर्घकालीन दायीत्वका कारण ढिलो हुने भएको हो ।

Prabhu
Crest

निर्जीवन बीमकमध्ये हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट  इन्स्योरेन्सको मर्जर प्रकृया पुरा भएर साउन १ गतेबाट हिमालयन एभरेष्ट इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार समेत शुरु गरिसकेका छन् । हिमालयन र एभरेष्ट बीच २०७९ बैशाख २३ गते मर्जर सम्बन्धी सम्झौता भएको थियो ।

बैशाख २९ गते मर्जरका लागी सहमति गरेका प्राइम लाईफ इन्स्योरेन्स, गुराँस लाईफ इन्स्योरेन्स र यूनियन लाईफ इन्स्योरेन्सबीचको मर्जर प्रकृया अझै जारी छ । कात्तिकबाट एकीकृत कारोबार गर्ने अड्कलबाजी चलेपनि मर्जर प्रकृयाबारे जानकारहरु कात्तिक महिनासम्ममा मर्जरको प्रकृया सम्पन्न हुनेमा आशंका रहेको प्रतिकृया दिए । सम्पत्ति र दायीत्व सम्बन्धमा विस्तृत अध्ययन(डिडिए) कार्य जारी छ ।

डिडिएको लागी एक महिना, बीमांकी मूल्यांकनको लागी करिब तीन महिना र दशैंतिहारलगायत चाडपर्व बिदाको कारणले ढिला हुने अनुमान गरिएको छ ।

जीवन बीमकमध्ये सूर्या लाईफ इन्स्योरेन्स र ज्योती लाईफ इन्स्योरेन्सले गत असार १२ गते मर्जरको सहमति गरेका थिए । ज्योती लाईफको संचालक समितिको ११३ औं बैठकले आसन्न मर्जरकै कारण देखाउँदै २०७७।७८ को मुनाफाबाट बोनश वितरण नगर्ने निर्णय गरेको छ ।
असार २९ गते रिलायन्स र सानिमा लाईफ इन्स्योरेन्स, असार ३० गते प्रभु र महालक्ष्मी लाईफ इन्स्योरेन्स बीच मर्जरको सहमति भएको थियो ।

नियामक बीमा समितिका अधिकारीहरु समेत निर्जीवन बीमकहरुबीचको मर्जरको सहमति चाँडै टुंगोमा पुग्न संभव भएपनि जीवन बीमा कम्पनीको हकमा समय लाग्न सक्ने बताउँछन् । बीमांकी मूल्यांकनका कारण जीवन बीमा कम्पनीहरुको मर्जर तुलनात्मकरुपमा ढिलो हुने उनीहरुको भनाई छ ।

बीमा क्षेत्रको नियामक बीमा समितिले न्यूनत्तम चुक्ता पूँजी सम्बन्धी नयाँ प्रावधान लागू गरेपछि चुक्ता पूँजी पुर्याउन १९ जीवन बीमकमध्ये ९ वटाले मर्जरको विकल्प रोजेका छन् । पहिले नै पर्याप्त चुक्ता पूँजी रहेकाले नेपाल लाईफ इन्स्योरेन्स चुक्ता पूँजी पुर्याउनुपर्ने दबाबबाट मुक्त छ । निर्जीवन बीमक २० मध्ये १० वटाले मर्जर गर्ने सहमति गरेकोमा हिमालयन र एभरेष्टको एकीकृत कारोबार शुरु भइसकेको छ ।

बीमा समितिले गत चैतमा जीवन बीमा कम्पनीको हकमा ५ अर्ब रुपैयाँ र निर्जीवन बीमकको हकमा २ अर्ब ५० करोड रुपैयाँ न्यूनत्तम चुक्ता पूँजी आगामी चैत महिनाभित्रै पुर्याउनुपर्ने निर्देशन जारी गरेको थियो । छोटो समयमा झण्डै दोब्बर चुक्ता पूँजी पुर्याउनुपर्ने बाध्यात्मक अवस्थाका कारण थोरै चुक्ता पूँजी हुने, थोरै नाफा आम्दानी वा बचत रहेको र सर्वसाधारणमा शेयर जारी गर्न बाँकी नै रहेका कम्पनीहरुलाई धेरै दबाब परेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS