IME Life

राष्ट्रिय स्तरका विकास बैंक मध्ये “इपिएस” र “पीई”को आधारमा कुन “अण्डरभ्यालुड” ?

SPIL
NIC ASIA

काठमाडौं । हाल राष्ट्रिय स्तरमा कारोवार गर्ने ८ विकास बैंकहरुले गत आर्थिक वर्षको चौथो त्रैमासको रिपोर्ट सार्वजनिक गरेका छन् ।

८ विकास बैंक मध्ये बैंकको प्रति शेयर आम्दानी,बजार मुल्य र मुल्य आम्दानी अनुपातको आधारमा गरिएको अध्ययन :

Prabhu
Crest

प्रति शेयर आम्दानीको आधारमा :
राष्ट्रिय स्तरका ८ विकास बैंक मध्ये सबैभन्दा अघि मुक्तिनाथ विकास बैंक रहेको छ । बैंकको प्रति शेयर आम्दानी २४ रुपैयाँ २२ पैसा रहेको छ । त्यसैगरी सबै भन्दा थोरै प्रति शेयर आम्दानी ज्योति विकास बैंकको रहेको छ । बैंकको प्रति शेयर आम्दानी १६ रुपैयाँ ४४ पैसा रहेको छ ।

औसतमा राष्ट्रिय स्तरका ८ विकास बैंकहरुको प्रति शेयर आम्दानी २० रुपैयाँ ६२ पैसा देखिन्छ । करपछिको नाफालाई कुल शेयर संख्याले भाग गर्दा आउने प्रतिफललाई प्रतिशेयर आम्दानी भन्ने गरिन्छ । प्रतिशेयर आम्दानी शेयरको मूल्य मूल्यांकन मापन गर्ने एक महत्त्वपूर्ण आधार हो । प्रति शेयर आम्दानी उच्च भएकोलाई असल मानिन्छ भने कम भएकालाई कमसल मानिन्छ ।

मूल्य आम्दानी अनुपातको आधारमा :
मुल्य आम्दानी अनुपातको आधारमा सांग्रिला डेभलपमेन्ट बैंकको अनुपात सबै भन्दा थोरै छ । कम्पनीकोे मूल्य आम्दानी अनुपात १६ दशमलव ७३ गुणा रहेको छ । त्यसैगरी सबैभन्दा धेरै मुल्य आम्दानी अनुपात लुम्बिनी विकास बैंकको रहेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात २० दशमलव १७ गुणा छ ।

राष्ट्रिय स्तरका ८ विकास बैंकहरुको औसत मूल्य आम्दानी अनुपात १८ गुणा रहेको छ। कम्पनीको शेयरको बजार मूल्य र प्रतिशेयर आम्दानीबीचको अनुपात प्राइस टु अर्निङ (पिई) रेसियो हो । १० देखि २० गुणासम्मका तुलनात्मक रुपमा सुरक्षित हुन्छन, २० भन्दा माथिका जोखिमयुक्त हुन्छन् ।

साउन २३ गतेको बजार मूल्यको आधारमा गरिएको विश्लेषण

नोट : उपलब्ध तथ्यांक कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण बाट तयार गरिएको हो , यो विस्लेषण पूर्ण होइन लगानीकर्ताले कारोवारको निर्णय लिनु अघि थप अनुसन्धान गर्नु पर्ने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS