IME Life

अर्बपति क्लबका मुक्तिनाथ र गरिमा विकास बैंकलाई दाँजेर हेर्दा !

SPIL
NIC ASIA

काठमाडौँ ।  गत आर्थिक वर्ष (२०७८/७९ ) को  चौथो  त्रैमासको आधारमा मुक्तिनाथ विकास बैंक र गरिमा विकास बैंकले १ वर्षमा १ अर्ब माथि खुद नाफा कमाउन सफल भएका छन् । दुई कम्पनीलाई शेयर पुँजी, संचित मुनाफा, जगेडा कोष, निक्षेप, कर्जा, खुद व्याज आम्दानी, संचालन मुनाफा, खुद नाफा, वितरणयोग्य  मुनाफा, लाभांश क्षमता, प्रति शेयर आम्दानी, किताबी मूल्य र खराब कर्जा गरी १३ महत्वपूर्ण सूचकका आधारमा तुलनात्मक अध्ययन गरिएको छ ।

दुई विकास बैंकलाई इन्स्योरेन्स खबरले गरेको तुलनात्मक अध्ययन :

Prabhu
Crest

चुक्ता पूँजीको आधारमा :
गरिमा विकास बैंकको चुक्ता पूँजी ४ अर्ब ५७ करोड छ भने मुक्तिनाथ विकास बैंकको चुक्ता पुँजी ५ अर्ब ६५ करोड रहेको छ । चुक्ता पुँजीको आधारमा मुक्तिनाथ विकास बैंक अघि छ ।

संचित नाफाको आधारमा :
संचित नाफा मुक्तिनाथ विकास बैंकको धेरै छ । मुक्तिनाथ विकास बैंकको संचित नाफा ८२ करोड हुँदा गरिमा विकास बैंकको ७५ करोड छ ।

जगेडा कोषको आधारमा :
जगेडा कोषमा मुक्तिनाथ विकास बैंक अघि छ । मुक्तिनाथ विकास बैंकको जगेडा कोषमा १ अर्ब ६२ करोड रुपैयाँ संचित छ भने गरिमा विकास बैंकको जगेडा कोषमा १ अर्ब २८ करोड रुपैयाँ संचित छ ।

निक्षेप र कर्जाको आधारमा :
गरिमा विकास बैंकले ६८ अर्ब ४१ करोड निक्षेप संकलन गरी ५८ अर्ब ३२ करोड कर्जा प्रवाह गरेको छ । त्यस्तै मुक्तिनाथ विकास बैंकले १ खर्ब ४ अर्ब निक्षेप संकलन गरी ८६ अर्ब ९० करोड कर्जा प्रवाह गरेको छ ।

खुद व्याज आम्दानीको आधारमा :
मुक्तिनाथ विकास बैंकले एक वर्षको अवधिमा ३ अर्ब ३७ करोड खुद व्याज आम्दानी गर्दा गरिमा विकास बैंकले २ अर्ब ६१ करोड खुद व्याज आम्दानी गरेको छ । व्याज आम्दानीमा व्याज खर्च घटाए पछि खुद व्याज आम्दानी आउँछ ।

संचालन नाफाको आधारमा :
गरिमा विकास बैंकले गत आवको चौथो त्रैमाससम्म १ अर्ब ४९ करोड संचालन नाफा गर्दा मुक्तिनाथ विकास बैंकले १ अर्ब ९६ करोड संचालन नाफा गरेको छ।

खुद नाफाको आधारमा :
गरिमा विकास बैंकले गत आवको चौथो त्रैमाससम्म १ अर्ब ५ करोड खुद नाफा गरेको छ भने मुक्तिनाथ विकास बैंकले १ अर्ब ३७ करोड खुद नाफा गरेको छ ।

प्रति शेयर आम्दानीको आधारमा :
प्रति शेयर आम्दानीको आधारमा मुक्तिनाथ विकास बैंक अघि छ। मुक्तिनाथ विकास बैंकको प्रति शेयर आम्दानी २४ रुपैयाँ २२ पैसा छ भने गरिमा विकास बैंकको प्रति शेयर आम्दानी २३ रुपैयाँ ०७ पैसा छ ।

वितरणयोग्य मुनाफाको आधारमा :
गरिमा विकास बैंकको वितरणयोग्य मुनाफा ७५ करोड हुँदा मुक्तिनाथ विकास बैंकको ८१ करोड छ । कम्पनीको वितरणयोग्य मुनाफालाई कायम शेयर संख्याले भाग गर्दा गरिमा विकास बैंकको लाभांश क्षमता १६ दशमलव ३८ प्रतिशत देखिन्छ भने मुक्तिनाथ विकास बैंकको १४ दशमलव ४२ प्रतिशत देखिन्छ।

निस्क्रिय कर्जाको आधारमा :
दुवै विकास बैंकको निस्क्रिय कर्जा १ प्रतिशत भन्दा कम छ । मुक्तिनाथ विकास बैंकको निस्क्रिय कर्जा शून्य दशमलव २१ प्रतिशत हुँदा गरिमा विकास बैंकको शून्य दशमलव ८५ प्रतिशत छ।

किताबी मूल्य :
गरिमा विकास बैंकको किताबी मूल्य १४४ रुपैयाँ ५७ पैसा छ भने मुक्तिनाथ विकास बैंकको किताबी मूल्य १४३ रुपैयाँ २१ पैसा छ ।

नोट : उपलब्ध तथ्यांक कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणबाट तयार गरिएको हो , यो विष्लेषण पूर्ण होइन लगानीकर्ताले कारोवारको निर्णय लिनु अघि थप अनुसन्धान गर्नुपर्ने छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS