IME Life

सानिमा लाईफको क्रेडिट रेटिङ “केयरएनपि त्रिपल बी-आइएस” पुनः पुष्टी

SPIL
NIC ASIA

काठमाडौं । केयर रेटिङ्स नेपाल लिमिटेड ९केयरएनपि) ले सानिमा लाइफ इन्स्योरेन्स कम्पनी (एसएलआई)लाई दिइएको ‘केयर-एनपी बीबीबी (आइएस)’ को रेटिङ पुनस् पुष्टि गरेको छ ।

केयर रेटिङ्सका अनुसार यस्तो रेटिङका साथ शेयर निष्काशनकर्ता कम्पनीले वित्तीय दायीत्व समयमै पूर्ती गर्न सक्ने सम्बन्धमा मध्यम स्तरको सुरक्षा भएको मानिन्छ

Prabhu
Crest

सानिमा लाईफलाई तोकिएको रेटिङको पुन: पुष्टिले यसको बलियो प्रवर्द्धक समूह, अनुभवी बोर्ड र व्यवस्थापन टोली, मध्यम वित्तीय जोखिम प्रोफाइल सुधार संयुक्त अनुपात (नोक्सान योग, कमीशन र व्यय अनुपात), र मध्यम नीतिको निरन्तरता दरलाई मुख्य आधार मानिएको छ। यसबाहेक, मूल्याङ्कनले लगानी गरिएको सम्पत्तिको गुणस्तरबाट पनि मूल्यांकनमा बल पुगेको छ । बढ्दो शाखा सञ्जाल मार्फत बढ्दो भौगोलिक उपस्थितिसँगै पर्याप्त पुनर्बीमा व्यवस्था पनि एउटा उल्लेखनीय आधार हो।

आर्थिक वर्ष २०७७।७८ को वित्तीय विवरण र कारोबारको आधारमा मूल्यांकन गरिएको हुँदा रेटिङको केही सीमितता रहेको छ ।
कम्पनीले भविष्यमा लगानी गर्ने सम्पत्तिको गुणस्तर, बीमालेखको विविधिकरण यसको भावी मूल्यांकनमा मुख्य आधार हुनेछ । यसबाहेक नियामकले तोकेको १.५ गुणाको सोल्भेन्सी अनुपातलाई कायम राख्न सक्ने क्षमता पनि निगरानीको विषय हो ।

सानिमा लाईफले वित्तीय जोखिम हस्तान्तरण गर्नको लागी नेपाल पूनर्बीमा बाहेक नियमित पूनर्बीमा गर्नुको साथै यूरोपेली पूनर्बीमक आर्क रिइन्स्योरेन्ससँग महाविपत्ति पूनर्बीमा सम्झौता गरेको छ । सानिमा लाईफ इन्स्योरेन्समा गैर आवासीय नेपालीहरुको लगानी रहेको सानिमा बैंक तथा सानिमा ग्रुपको सहित ७० प्रतिशत पूँजी लगानी संस्थापकहरुबाट गरिएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS