IME Life

आइएमई जनरलका सिइओ वादेको दोस्रो कार्यकाल सुरु, नयाँ उचाइमा पुर्याउने प्रतिवद्धता

SPIL
NIC ASIA

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठको दोस्रो कार्यकाल आजदेखि सुरुवात भएको छ । कम्पनीको सञ्चालक समितिले असार ७ गते युगेशभक्त बादेलाई पुन नियुक्ति गर्ने निर्णय गरेको थियो । सञ्चालक समितिको निर्णयलाई बीमा समितिले सदर गरे सँगै उनलाई आजदेखि दोस्रो कार्यकालको जिम्मेवारी प्रदान भएको छ ।

Prabhu
Crest

श्रेष्ठ २७ वर्षदेखि निर्जीवन बीमा क्षेत्रमा कार्यरत छन् । बीमा क्षेत्रलाई नै आफ्नो कर्मथली बनाएर यहि क्षेत्रको कासमा निरन्तर लागि परेका श्रेष्ठको नेतृत्वमा गएको ७ वर्षमा उल्लेख्य प्रगति हासिल भएको कम्पनीले जनाएको छ । कम्पनीले उनको नेतृत्वमा उल्लेख्य प्रगति हासिल गर्न सफल भएको भन्दै अर्को एक कार्यकालको जिम्मेवारी दिन सहमत भएको हो ।

सोही अवसरमा कम्पनीको संचालक समितिका अध्यक्ष हेमराज ढकालले सिइओ बादे श्रेष्ठ दोस्रो कार्यकालको लागि पुनः नियक्त भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् । कार्यकारी अधिकृतको सपथ लिदै श्रेष्ठले आफ्नो कार्यकालमा आइएमई जनरल इन्स्योरेन्सलाई उत्कष्ठ कम्पनीको रुपमा स्थापित गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । सोहि अवसरमा आफुलाई सदैव सहयोग गर्ने नियमन निकायहरु, बीमा समिति, कम्पनीको संचालक समितिका अध्यक्ष लगायत संचालकहरु, शेयरधनी, कम्पनीमा कार्यरत सहकर्मीहरु तथा ग्राहकहरुलाई समेत धन्यवाद दिएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS