IME Life

नेप्से परिसूचक १७ अंकले घट्यो, कारोबार रकम २ अर्ब ८५ करोडमाथि

SPIL
NIC ASIA

काठमाडौं । आज साताको दोस्रो दिन शेयर बजार घटेको छ । आज नेप्से परिसूचक १७ दशमलव ६७ अंकले घटेर २,१०६ दशमलव १६ को विन्दुमा कायम भएको छ । आज ५० कम्पनीको शेयर मुल्य बढेको छ भने १२३ कम्पनीको शेयर मुल्य घटेको छ । आज म्युचुअल फण्ड र उत्पादनमुलक बाहेक सबै उपसूचक घटेका छन् ।

आज दिनभरिमा २१४ कम्पनीको ६५ लाख २७ हजार ४१४ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ८५ करोड ७० लाख ७२ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । कम्पनीको २० करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ७६४ रुपैयाँ रहेको छ ।

Prabhu
Crest

त्यस्तै, नविल बैंकको १० करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नागरिक लगानी कोषको ८ करोड २१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावर कम्पनीको ७ करोड ६५ लाखमाथिको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तीय संस्था र हिमालयन हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । यी कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । युनिलिभर नेपालका लगानीकर्ताले ५ दशमलव ५९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै जानकी फाइनान्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ४ प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS