IME Life

पथप्रदर्शक पेशाले डोर्याएको सुनौलो बाटो, ‘सफल होटल व्यवसायी’

SPIL
NIC ASIA

काठमाडौं । नारायणहिटी दरबारको उत्तरढोकामा रहेको छ फ्रेस इलामेन्टस रेष्टुरेन्ट । बाहिर गेटदेखि नै विभिन्न बोटविरुवाले सत्कार गर्ने उक्त रेष्टुरेन्टको भित्रि वातावरण भने प्रकृतिमैत्री रहेको छ । काठमाडौंको धुलो धुँवा र कोलाहालमा पनि प्राकृतिक आनन्द दिने उक्त रेष्टुरेन्टका सञ्चालक हुन सुदर्शन न्यौपाने ।

Prabhu
Crest

पेशाले होटल व्यवसायी सुदर्शन होटल व्यवसायीको रुपमा जमेको करिब ९ वर्ष वितेको छ । यसअघि भने उनी  एक कुशल पथप्रदर्शक (टुरिस्ट गाइड) र पर्यटन व्यवसायी थिए । यसै क्षेत्रबाट सिकेका कुराले आज उनको होटल व्यवसाय फष्टाएको छ । एक सफल व्यवसायी बन्दै  गर्दा  उनले ३ दशकसम्म गरेको अथक मेहेनत  र परिश्रम भने अझै ताजा छ उनको मन मस्तिष्कमा ।

राजधानी काठमाडौंमा उच्च शिक्षा अध्ययन गर्ने सपना हरकोहीको हुन्छ । उच्च  शिक्षासँगै रोजीरोटीको जोहो गर्न अनेक माध्यम पछ्याउँदै राजधानी पस्नु मोफसलका हरेका युवाको बाध्यता नै हो । थोरै रहर अनि धेरै बाध्यताको रथ घिसार्दै २०५० सालमा काठमाडौं पसेका थिए सुदर्शन न्यौपाने । पर्यटन क्षेत्रमा लागेको ३ दशकको समय अवधिमा उनी एक सफल होटल व्यवसायीको रुपमा स्थापित भएका छन् ।

भरखरै एसएलसी सकेर काठमाडौं प्रवेश गरेका उनले १६ वर्षको उमेरमै आफ्नो पढाईसँगै परिवारको लागि  पनि आर्थिक जोहो गर्नुपर्ने बाध्यता थियो । एकातिर उच्च शिक्षा अध्ययन गर्ने इच्छा अर्कोतिर परिवारमा आर्थिक जुगाड  गर्नुपर्ने  जीम्मेवारी थियो  उनमा । आर्थिक जोहो गर्न थुप्रै कामहरु भएपनि उनलाई भने सबैभन्दा उत्कृष्ट  लागेको थियो पर्यटन क्षेत्र अर्थात टुरिस्ट गाइड ।

विदेशीसँग काम गर्ने र अलि अलि अंग्रेजी छाट्दा  देख्ने मान्छेले  पनि ठूलो र राम्रो  कामको रुपमा लिने गरेको  उनी  सुनाउँछन् ।  यसकारण पनि आफूलाई  यहि पेशा उत्तम लागेको उनको भनाई ।  साथै  यो पेशामा लाग्ने मनसायको पाटो भने आर्थिक पाटो नै भएको उनको  भनाई छ । मासिक तलबले उनी आफ्नो पढाई खर्च, खाने बस्ने सबै व्यवस्था मिलाउँथे भने विदेशीबाट पाउने टिप्स घर खर्चको लागि पठाउँथे । यसैकारण पनि उनी यो पेशामा लागेको उनी बताउँछन् । यसका साथै नयाँ नयाँ ठाउँ, हिमाल घुम्न पाउने भएकोले पनि अरु पेशाको तुलनामा यो पेशा रमाइलो छ ।

टुरिस्ट गाइडको रुपमा ७ वर्ष काम गर्दा २ हजारदेखि ५ हजारसम्मको थुप्रै हिमाल आरोहण गरेको थुप्रै अनुभव छ उनीसँग । यहि अनुभवसँगै उनले २०५६ सालमा २४ वर्षकै उमेरमा जोखिम मोलेर पर्यटन व्यवसाय खोले । यहि वर्षबाट उनी एक कामदारबाट स्वयं काम दिने कामदाता बने । पर्वतारोहीहरुको संस्था नेपाल पर्वतारोहण संघमा कोषाध्यक्षको पद समेत सम्हालेका उनले पर्यटन क्षेत्रका बारेमा थुप्रै ज्ञान बटुलेका छन् ।

यसरी उनले आफ्नो जीवनमा फड्को मार्न सफल बनेको उनी बताउँछन् । टुरिष्ट गाइडबाट कम्पनीको मालिक बनेका उनले लामो समयसम्म पर्यटकको रुचाई, उनीहरुले चाहने सेवा, सुविधाको बारेमा नजिकबाट नियालेका थिए । जसले गर्दा उनलाई होटल सञ्चालन गर्ने योजना फुरेको थियो । यसै योजनालाई उनले २०६९ सालमा पुरा गरे । उनको होटलमा दिने सेवाबाट हरकोही पर्यटक प्रभावित हुन्थे । ठूला कुराभन्दा पर्यटकले चाहेको साना साना कुरामा बढी ध्यान दिने गरेको उनको भनाई छ । साथै टेक्नोलोजीलाई आत्मसाथ गरेका उनले अनलाइन मार्फत होटल बुकिङको व्यवस्था समेत गरेको थियो । उनको व्यवस्थित होटलका कारण उनलाई मलेसियन होटल व्यवसायीबाट जागिरको अवसर समेत आएको उनी सुनाउँछन् ।

सुदर्शनको सफल व्यवसायमा विश्वभर फैलिएको कोरोना संक्रमणले निक्कै असर गर्यो । विश्वलाई नै आर्थिक मन्दिमा धकेलेको कोभिडले उनलाई  बाँकी छोड्ने कुरै भएन । आन्तरिक तथा बाह्य उडान बन्द भइसकेपछि पर्यटकको आगमन शुन्य अवस्थामा पुगेसँगै होटल बन्द गर्नुको विकल्प थिएन । केही न केही काम गर्नुपर्ने उनलाई व्यवसाय बन्द गरेर घरभित्र बस्न सकस भयो । उक्त समयमा उनलाई ट्रेडिङ विजनेस गर्ने उपाय आयो । कोरोना कहर पश्चात केही नयाँ गर्ने उद्देश्य सहित उनले विदेशबाट अलिभ आयल र वाइन आयात गरि नेपाली  बजारमा बेच्ने तरखर गर्न थाले । यसको लागि उपयुक्त भण्डारण र व्यवस्थापनको खोजी गर्दा गर्दै उनी फेरी एउटा होटल सञ्चालन गर्ने योजनामा पुगे । आफ्नो मिल्ने साथीसँगको गहन योजना पश्चात फ्रेस इलामेन्टस रेष्टुरेन्टको जन्म भएको उनले बताए । जुन रेष्टुरेण्ट काठमाडौं र पोखराको लेकसाइटमा सञ्चालन भइरहेको छ ।

उक्त रेष्टुरेण्ट भने अन्यको तुलनामा केहि पृथक छ । उत्तर ढोकामा रहेको उक्त रेष्टुरेण्टको बाहिरी गेटदेखि नै हरियाली बोटविरुवा रहेको छ । ग्राहकले  चाहे जस्तो वातावरणमा बस्न पाउने व्यवस्था रहेको उक्त रेष्टुरेण्टको किचन  भने खुल्ला रहेको छ । जहाँ ग्राहकले आफ्नो अडर पकाएको सोझै देख्न पाउँछन् । यसका अलावा प्रकृति मैत्री बनाउनका लागि उनले कृतिम खोला जुन पानी बगेको आवाज दिँदै बग्ने बनाएको छ । उक्त खोलाको छेउछाउमा भने विभिन्न जडीबुटी रोपेका छन् । जसले किटाणुको नष्ट गर्ने र सकारात्मक उर्जा दिनेउनको भनाई छ ।

यसका अलावा विभिन्न प्रकारका अंगुरबाट बनेका वाइनहरु बारमा सजाएर राखिएको छ । ग्राहकले इच्छा अनुसारको स्वादको वाइन सजिलै पाउन सक्छन् । साथै उनले  भर्खर होटल लाइनमा प्रवेश गर्दै गरेका विद्यार्थीलाई वाइन सम्बन्धि जानकारी दिन डिस्प्लेको माध्यमबाट वाइनको विवरण प्रस्तुत गर्ने तयारी समेत थालेका छन् । वरिपरी  विभिन्न फलफूलका बोटसँगै टेरिसमा बसेर ठूलो पर्दामा गेम हेर्दै रमाउन सकिने व्यवस्था समेत रहेको छ ।

ग्राहकले रेष्टुरेण्टमा आएर खानेकुरा खाँदै गर्दा एक खालको आनन्द र प्रकृति मैत्री महसुस गराउने योजना रहेको उनको भनाई छ । पार्किङको व्यवस्था, गीतसँगीतको व्यवस्था, मिटिङ तथा सेमिनारको लागि हल साथै ठूला साना समुहमा बसेर खानेका लागि सोही अनुसारको छुट्टा छुट्टै व्यवस्था रहेको छ । केवल खाना बेच्नका लागि मात्र नभई आरामदायी सेवाको महसुस गराउनु नै आफ्नो योजना रहेको सुदर्शनको भनाई छ । आउँदो दिनमा फ्रेस इलामेन्टस रेष्टुरेन्टको सेवा सुविधालाई थप विस्तार गर्ने योजना रहेको उनी बताउँछन् ।

होटल व्यवसायमा लामो समयदेखिको अनुभवमा उनले होटल क्षेत्रमा धेरै कुराको कमी रहेको महसुस गरेका छन् । मख्यत नेपालमा थेउरी वेस पढाई हुने तर प्राक्टिकल्ली ज्ञान भने एकदमै कम भेटिएको छ  । सयका अलावा विद्यार्थीले चाहेजस्तो इन्टरसिप गर्ने ठाउँको अभाव रहेको छ । नेपालमा उत्पादन भएका धेरै जसो दक्ष कामदार विदेश पलायन हुने हुँदा नेपालका होटलले कामदार पाउनै मुस्किल हुने गरेको उनी बताउँछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS