IME Life

सर्जन विकको मृत्यु दाबी भुक्तानी उनको वास्तविक परिवारले किन नपाउने ?

SPIL
NIC ASIA

काठमाडौं । पैसाका लागि बीमा गराइएर मारिएका बाँके कोहलपुरका सर्जन वि.क.को परिवार अहिले सबैभन्दा धेरै पिडामा छन् । न उनिहरु सँग आफ्नो छोरा छ न त उसको बीमा बापतको दाबी रकम नै छ । सुनियोजित रुपमा बीमाबाट मृत्युदाबी लिनैका लागि सर्जनको हत्या भएको पाइए पछि यस घटनाका मुख्य दोषिहरु अहिले प्रहरीको नियन्त्रणमा छन् ।

प्रहरीले उनिहरुले बीमा कम्पनीबाट प्राप्त गरेको रकमलाई रोक्का गरिसकेको छ । कम्पनीले उनिहरुले प्राप्त गरेको रकम असुलका लागि आवस्यक प्रकृयाँ पनि अगाडी बढाइसकेको छ । कम्पनीले घटनाका दोषिहरु सँग असुल गरेको रकम वास्तविक दोषिहरुलाई दिनु पर्ने बहस सुरु भएको छ ।

Prabhu
Crest

बीमाको सिद्धान्त र अभ्यास अनुसार यदि कसैले सुनियोजित रुपमा दाबी पाउनकै लागि घटना घटाउछ भने त्यस्तो दाबी गैरकानुनी मानिन्छ । बीमा समितिले नै यस्ता किसिमका दाबी भुक्तानीमा रोक लगाएको छ । पोखराका रमेश नेपालीले एक करोड रुपैयाँका लागि आफ्नै श्रीमति लक्ष्मी परियारको हत्या गराएका थिए । बीमाका लागि हत्या भएको भन्दै युनियन लाइफले दाबी भुक्तानी दिएन । अहिले लक्ष्मी परियारको माइतिपक्षले उक्त रकमको दाबी गर्दै बीमा समितिमा उजुरी दिएका छन् । लक्ष्मीको माइतिपक्षले उनको छोराछोरीको भरण पोषणका लागि भन्दै उक्त रकम दाबी गरे पनि समितिले यसमा फैसला गरिसकेको छैन ।

यस्ता कयौ घटनामा बीमा समितिले हत्याबाट सिर्जत दाबीलाई भुक्तानी गर्न रोक लगाउदै आएको छ । तर सर्जनको हकमा घटना नै फरक भएको हुँदा यसलाई छुट्टै किसिमले हेरिनु पर्ने समितिका अधिकारीहरु बताउछन् ।

सर्जन बीमा बीमा दुषित मनासयका साथ आपराधिक कार्यकै लागि गरिएको थियो तर यसमा संलग्न व्यक्तिहरु सर्जनको वास्तविक परिवार होइनन् । अर्को कुरा सर्जनको दावी पाउनकै लागि उनको वास्तविक परिवारले घटाएको घटना होइन । यस प्रकरणमा सर्जनको वास्तविक परिवारको कुनै संलग्नता छैन । अहिले दाबी लिने नक्कली श्रीमति तथा उनि सँग संलग्न व्यक्तिहरु प्रहरीको नियन्त्रणमा छन् । उनिहरुलाई अव अदालतले सजायको फैसाल सुनाउन बाँकी छ ।

रह्यो सर्जनको वास्तविक परिवार, यस दाबी प्रकरणमा सर्जनको वास्तविक परिवार नै दाबी लिन योग्य छन् । उनिहरुको क्षति भएको छ । बीमा दुषित मनासयका साथ गरिए पनि बीमा वास्तविक हो ।  घटनामा बीमितको मृत्यु भएकै हो । त्यसैले गर्दा बीमितको वास्तविक परिवारले कम्पनीमा आएर दाबी गर्नु पर्छ । यदि कम्पनीले दाबी दिएन भने बीमा समितिमा उजुरी दिनु पर्छ । बल्ल उनिहरुले दाबी पाउने नपाउने भन्ने विषयमा बहस सुरु हुनेछ ।

जसरी पोखराको लक्ष्मी परिवारको छोराछोरीलाई मृत्यु दाबी दिदा उक्त रकमको भोगचलन भोलिका दिनमा उनकै हत्यारा श्रीमान तथा उक्त छोरा छोरीका बाबुले गर्नेछन् । निश्चित अवधिमा जेल सजाय भोगेर उनि बाहिरिने वित्तीकै तिनै बालवालिकाको नाममा आएको दाबीको भोगचलन गर्न सक्ने हुँदा यसमा दाबी दिनु जायज छैन । तर सर्जनको हकमा बास्विक पिडित बाबु आमाको यस घटनामा कुनै सम्बन्ध छैन । घटनामा जसको संलग्नता छ उनिहरुले सर्जनको परिवारलाई दिएको भुक्तानी रकमलाई उपभोग गर्न पाउने अवस्था छैन ।

त्यसैले गर्दा पनि यस घटनाको दाबी रकम कम्पनीले असुल उपर गरेर कम्पनीको नाममा ल्याउने भन्दा पनि वास्तविक पिडितले पाउनु उचित हुन्छ ।

यस घटनाका प्रमुख योजनाकार सञ्जीव अर्याल जुवाडे भएको पाइएको छ । उनले यस घटनाबाट ठगेको रकमलाई मासिसकेको बुझिएको छ । कम्पनीले सबैभन्दा पनि यसरी ठगिएको रकम असुल उपर गर्नु पर्नेछ । घटनामा संलग्न व्यक्तिहरुले बाँडफाँड गरेको सम्पुर्ण रकम असुल गरे पछि उक्त रकम परिवारलाई दिदा न्यायोचित हुने सबैको तर्क छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS