IME Life

सदश्यहरुको विस्वास जित्न सहकारी संघ संस्थाको आह्वान, ‘सबैमा तरलता समस्या छैन’

SPIL
NIC ASIA

काठमाडौं । सहकारी सँग सम्बन्धित विभिन्न संघ संस्थाले सहकारीहरुलाई सदश्यहरुको मन जितेर तरलता व्यवस्थापन गर्न आह्वान गरेका छन् । सहकारी अभियानले संयुक्त रुपमा सहकारी संघ/संस्था तथा नियामक निकायलाई १५ बुँदे अपिल गरेको छ । यस अभियानमा राष्ट्रिय सहकारी महासंघ सहित विभिन्न क्षेत्रगत महासंघ, जिल्ला संघको सहभागिता रहेको छ । यसले विगत ६ वर्षदेखि एकिकृत रुपमा काम गर्दै आइरहेको छ ।

बैंकिङ प्रणालीमा देखिएको तरलता अभावको समस्या सहकारीमा पनि देखिएको छ । जसले गर्दा केहि समयदेखि सहकारीले बचत फिर्ता गर्न नसकेका समाचार बाहिरिएका छन् । केहि सहकारीको बदमासीले गर्दा अहिले अन्य सहकारीमा निक्षेप झिक्नेको भिड लागेको छ । सहकारीमा निक्षेप फिर्ताको लहडले गर्दा कतिपय सहकारी थप तरलता अभावको अवस्थामा पुगेका छन् ।

Prabhu
Crest

यसै सन्दर्भमा सहकारी अभियाले सम्पुर्ण सहकारी तथा निक्षेपकर्तालाई संयमता अपनाउन आह्वान गरेको छ । विगत केही वर्षदेखि कोभिड १९ महामारी, रूस युक्रेन युद्ध, डरलाग्दो व्यापार घाटा, वस्तु र आकाश छुने महंगी लगायतका कारणले बैक वित्तीय क्षेत्र, उद्योग व्यापार, उत्पादनका क्षेत्रहरूमा नकारात्मक असर परे जस्तै सहकारी क्षेत्रमा पनि यसको असर विस्तारै देखिएको अभियानले जनाएको छ ।

उद्योग, व्यापार व्यवसाय, कलकारखना, पर्यटन क्षेत्रमा परेको नकारात्मक असरले सहकारी संस्थाका सांवा व्याज असुलीमा कठिनाई भई तरलतामा कमी देखिएको छ भने अर्कोतर्फ बैंक वित्तीय संस्थाहरूद्वारा लगानीमा गरेको नियन्त्रणको दबाव समेत सहकारी क्षेत्रमा परेको अभियानको दाबी छ ।

अभियानले राष्ट्रिय अर्थतन्त्र, समग्र बैक, वित्तिय एवं सहकारी क्षेत्रमा देखिएको तरलता समस्या विशेष किसिमको हो भन्ने यथार्थलाई स्वीकार गरी संस्थाले गर्ने लगानी र खर्चलाई नियन्त्रणमा राखि सकेसम्म उच्च तरलता व्यवस्थापन गर्न अपिल गरेको छ ।

तरलता समस्यामा सुधार नहुन्जेलसम्म संस्थाले अचल सम्पत्ति खरिद नगर्ने, अनावश्यक खर्चहरू नगरी जोखिम व्यवस्थापन र सुशासनमा सहयोग हुने शिक्षा तालिममा व्यववस्थापन एवं समिति, उपसमितिहरू र सदस्यहरूलाई सहभागि गराउन अपिल गरेको छ । यसले सहकारी ऐन लगायतका कतिपय नीतिगत व्यवस्थामा समेत परिवर्तनको लागि माग राखेको छ । सन्दर्भ व्याजदरका नाममा व्याजदरमा लगाइएको सिमाले पनि समस्या सिर्जना गरेको उनिहरुको आरोप छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS