IME Life

एशियन लाइफको १५.२६ प्रतिशत लाभांश घोषणा, हेर्नुहोस् विगत १० आर्थिक वर्षको लाभांश इतिहास

SPIL
NIC ASIA

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले १५.२६ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफा तथा जगेडा कोषबाट १४.५ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.७६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । कम्पनीको साउन २० गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

Prabhu
Crest

कम्पनीको हालको चुक्ता पूँजी २ अर्ब ५३ करोड रुपैयाँ रहेको छ । अहिले प्रस्ताव गरिएको १४.५ प्रतिशत बोनस शेयर अर्थात ३६ करोड ८२ लाख रुपैयाँ बोनस शेयर वितरण पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ९० करोड रुपैयाँ पुग्नेछ । बीमा समितिले पछिल्लो समय कायम गरेको न्युनतम चुक्ता पूँजी जुटाउन अझै कम्पनीलाई २ अर्ब १० करोड रुपैयाँ आवस्यक पर्नेछ । कम्पनीले आर्थिक वर्ष २०७९।८० को कारोबारबाट लाभांशवापत कति रकम जुटाउन सक्छ त्यसमा पूँजी पर्याप्त पुग्ने नपुग्ने भर पर्नेछ ।

जीवन बीमा कम्पनीहरु मध्ये एशियन लाइफले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट पहिलो पटक लाभांश घोषणा गरेको हो । कम्पनीले केहि समय अगाडी बीमितहरुको बोनसदर सार्वजनिक गरेको थियो । प्रस्तावित लाभांश कम्पनीले आह्वान गर्ने वार्षिक साधारणसभाबाट पारित भए पछि मात्रै शेयरधनीहरुले प्राप्त गर्नेछन् । यस भन्दा अगाडी बीमा समितिबाट पनि प्रस्तावित लाभांश स्वीकृत गराउनु पर्नेछ । कम्पनीले वित्तीय विवरण सँगै प्रस्तावित लाभांशको विवरण पनि बीमा समितिमा पेश गर्नु पर्ने हुन्छ ।

Divident-letter-to-NEPSE

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS