नेप्से १८०६ बाट २१०० माथि पुग्दा कुन कम्पनीको शेयरमूल्य सर्वाधिक बढ्यो ? (सूची सहित)

काठमाडौँ । नेप्से ३२०० विन्दु बाट तल आईसके पछि असार १० गते सबै भन्दा न्यून विन्दु १८०६ सम्म पुगेको थियो । ईण्ट्राडेमा १८०६ को न्यून विन्दुसम्म बजार पुगे पनि सो दिन परिसूचक अन्त्यमा बढेर बन्द भएको थियो ।

अहिले नेप्से परिसूचक  (साउन २० गते) २११३ विन्दुमा बन्द  छ । त्यस बेला र अहिलेको बजार मूल्यलाई दाँजेर हेर्दा जलविधुत र फाइनान्स कम्पनीको शेयर मूल्यहरु आक्रामक रुपमा वृद्धि भएको देखिन्छ ।

असार १० गतेको बजार मूल्य र श्रावण २० गतेको बजार मूल्यलाई दाँजेर हेर्दा बलेफी हाइड्रोपावरको शेयर मूल्य सर्वाधिक बढेको छ । असार १० गते २१३ रहेको कम्पनीको मूल्य साउन २० गते आउँदा ३७२ पुगेको छ । कम्पनीको शेयर मूल्य सर्वाधिक ७४ प्रतिशतले वृद्धि भएको छ। दोश्रोमा सामलिङ्ग पावरको शेयर मूल्य ६८ प्रतिशतले वृद्धि भएर ६१२ पुगेको छ । असार १० गते उक्त कम्पनीको शेयर मूल्य ३६३ रुपैयाँ थियो ।

र यो पनि :

सबै भन्दा कम मूल्य भएका कम्पनीको सूचीमा बैंक किन

छन् अगाडि ?

त्यस्तै तेश्रोमा समृद्धि फाइनान्सको शेयर मूल्य करिव ६५ प्रतिशतले वृद्धि हुँदै ३२२ रुपैयाँ ५० पैसा पुगेको छ । चौथोमा गोर्खाज फाइनान्सको शेयर मूल्य ६३ प्रतिशतले वृद्धि हुँदै ६३० रुपैयाँ पुगेको छ।

त्यस्तै पाँचौमा नेष्डो समृद्ध लघुवित्तको शेयर मूल्य ५८ प्रतिशतले वृद्धि हुँदै ३ हजार ११५ पुगेको छ ।

यसै अवधि बीच केही कम्पनीको शेयर मूल्य घटेको पनि छ । मूल्य घटेका कम्पनीहरुको शेयर मूल्यहरु तलको टेबलमा समावेश गरिएको छैन ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार