IME Life

स्वास्थ्य बीमा १० लाख बनाउन गगन थापाको सुझाव

SPIL
NIC ASIA

काठमाडौं । पुर्व स्वास्थ्य मन्त्री तथा नेपाल कांग्रेसका महामन्त्री गगन कुमार थापाले स्वास्थ्य बीमाको दायरा कम्तिमा पनि १० लाख बनाउन सुझाव दिएका छन् । थापाले स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी प्रसाद खापुङलाई भेटेर स्वास्थ्य बीमाको दायरा बढाउन सुझाव दिएका हुन् ।

उनले स्वास्थ्य बीमाको दायरा कम्तिमा १० लाख बनाउनुका साथै सेवा सहज र गुणस्तरीय बनाउन जनशक्ति पुर्वाधार व्यवस्थापनका लागि एकिकृत पुर्वाधार मापदण्ड कार्यान्वयन गर्न अनुरोध गरेका छन् । अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको बजेट वक्तव्यका क्रममा स्वास्थ्य बीमा सेवालाई निजी बीमा कम्पनी मार्फत सञ्चालन गर्न आवस्यक प्रकृयाँ अगाडी बढाउने व्यवस्था गरेका थिए ।

Prabhu
Crest

तर संसदमा थापाले यसको चर्को विरोध गर्दै स्वास्थ्य बीमा बोर्डलाई थप सुधार गर्दै जनताको स्वास्थ्य सेवा पाउने हकलाई सामाजिक सुरक्षाको दृष्टिकोणबाट हेर्न सुझाव दिएका थिए । उनि सहित अन्य सांसदहरुले यसको चर्को विरोध गरे पछि यस्तो व्यवस्थाबाट शर्मा पछाडी हटेका थिए ।

स्वास्थ्य बीमा कार्यक्रम परिवारका सबै सदस्य सहभागी हुने गरी परिवारको योगदानमा आधारित छ । प्रति पाँच जनाको परिवारले वार्षिक ३५०० रुपैयाँ तिनुपर्ने हुन्छ । परिवारमा पाँच जना भन्दा बढी सदस्य भए प्रति सदस्य ७०० रुपैयाँ थप रकम बुझाउनुपर्ने हुन्छ । बीमाको सुविधा थैलीमा पाँच जनाको परिवारको हकमा १ लाख र पाँच जनाभन्दा बढी परिवारका सदस्य भएका खण्डमा प्रति ७०० थप गर्दा २० हजारको दरले अधिकतम २ लाख रुपैयाँसम्मको स्वास्थ्य सेवा लिन सकिने व्यवस्था छ । थापाले यहि थैलीलाई १० लाख पुर्याउन सुझाव दिएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS