आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ३४ दशमलव ८५ अंकले घटेर २,११३ दशमलव ३० को विन्दुमा कायम भएको छ । आज २१ कम्पनीको शेयर मुल्य बढेको छ भने १४७ कम्पनीको शेयर मुल्य घटेको छ । आज म्युचुअल फण्ड बाहेक सबै उपसूचक घटेका छन् ।

आज सबैभन्दा धेरै जोशी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ५ दशमलव ९१ प्रतिशतका दरले कमाएका छन् । ग्लोबल आइएमई सम्मुनत स्किमका इकाईधनीले ३ दशमलव ९४ प्रतिशतका दरले कमाएका छन् । उपकार लघुवित्तका लगानीकर्ताले ३ दशमलव १४ प्रतिशतका दरले कमाएका छन् । कालिका लघुवित्तका लगानीकर्ताले ३ दशमलव १० प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै मैलुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ७ प्रतिशतका दरले गुमाएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार