IME Life

भदौदेखी संस्थागत मुद्दती निक्षेप टिकाउन एक प्रतिशत व्याजदर बढाउनु पर्ने दवावमा बैंक

SPIL
NIC ASIA

काठमाडौं । संस्थागत मुद्दती निक्षेपको नविकरण गर्नका लागि पनि बैंकहरु साविकको भन्दा एक प्रतिशत व्याजदर बढाउनु पर्ने दवावमा परेका छन् । राष्ट्र बैंकले साउन १८ गते बुधबार एकिकृत निर्देशन २०७८ को संसोशधन गर्ने क्रममा संस्थागत मुद्दती निक्षेपको व्याजदर साधारण मुद्दती निक्षेपको व्याजदर भन्दा २ प्रतिशत कम हुनु पर्ने व्यवस्था गरेको छ ।  अव बैंकले भदौ महिनाका लागि जारी गर्ने व्याजदर यहि साउन मसान्तमा घोषणा गर्नु पर्नेछ । बैंकहरुले व्याजदर नबढाउने भन्द्र सहमति गरे पनि संस्थागत मुद्दती निक्षेप टिकाउनका लागि भने उनिहरुलाई सकस पर्नेछ ।

राष्ट्र बैंकको नयाँ व्यवस्था पछि पनि संस्थागत निक्षेपकर्ताले कम्तिमा अहिलेको व्याजदर यथावत राख्न दवाव दिने छन् । व्याजदर घटाउने वित्तीकै बैंकहरुले अन्य बैंकमा पैसा लैजानेछन् । यसले गर्दा मुद्दती निक्षेप टिकाउन पनि व्याजदर घटाउने अवस्थामा बैंकहरु छैन । यस भन्दा अगाडी नै व्यक्तिगत निक्षेपको तुलनामा संस्थागत निक्षेपकर्ताको व्याजदर एक प्रतिशत कम हुनु पर्ने व्यवस्था थियो ।

Prabhu
Crest

यहि एक प्रतिशतबाट बढाएर २ प्रतिशत पुर्याएको हो । मुद्दती निक्षेपको समय अवधि सकिएर नविकरण गर्नु पर्ने अवस्थाका साथै नयाँ मुद्दती निक्षेपका लागि पनि बीमा कम्पनीहरुले बैंकहरु सँग थप वार्गेनिङ गर्ने ठाउँ पाएका छन् । त्यसैले गर्दा पनि बैंकहरु अर्को महिनामा व्याजदर बढाउनु पर्ने दवावमा हुनेछन् ।

बैंकहरुमा बीमा कम्पनीहरु सबैभन्दा ठुला निक्षेपकर्ता हुन् । यसले गर्दा बीमा कम्पनीहरुले बैंकहरु सँग वार्गेनिङ गर्दै सर्वाधिक व्याजदर लिदै आइरहेका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS