IME Life

सिक्लेस हाइड्रोपावरको आइपीओमा आवेदन दिने समय लम्बियो

SPIL
NIC ASIA

काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडले साउन ६ गते देखि निष्काशन गरेको आइपीओमा आवेदन दिने समय थप भएको छ । अब कम्पनीको आइपीओमा भदौ ५ गतेसम्म आवेदन दिन सकिने भएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि आफ्नो जारीपूँजी ८५ करोडको १० प्रतिशत अर्थात  ८ करोड ५० लाख बराबरको प्रतिशेयर १०० अंकित मूल्यका ८ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गरेको हो ।

Prabhu
Crest

कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात् कास्की जिल्लाको प्रभावित क्षेत्र मादी गाउँपालिका वडा नं। १, २ र ३ का स्थानीय बासिन्दाहरूका लागि आईपीओ निष्काशन गरेको छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । इच्छुक आवेदकले आइपीओमा विक्री प्रबन्धकसगै माछापुच्छ्रे बैंकको मादी शाखा कार्यालय, बैंक अफ काठमाण्डू, मुक्तिनाथ विकास बैंक र एनआईसी एशिया बैंकको पोखरा शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS