IME Life

सबैभन्दा महँगो पाल्तु जनावर बीमा दावी US$ 21,000

SPIL
Sanima Reliance

काठमाडौं । गरिबदेखि धनीसम्मको प्रिय घर पालुवा जनावर । घर पालुवा जनावरलाई आफ्नो सन्तानभन्दा पनि बढी माया हेरचाह गर्ने धनाध्यहरु यूरोपेली मुलुकमा धेरै पाइन्छन् । धनाध्यहरुको परिवारमा छोराछोरी आफूसँगै नबस्ने अवस्थामा कुकुर, बिरालोजस्तो घरपालुवा जनावर पालनपोषण र स्याहार गरेर तनाव कम गर्छन् ।

नेपालमा कृषि प्रयोजनको पालिएको पशुपंक्षीको लागी पशु बीमा गर्ने चलन भएपनि घरपालुवा जनावरको बीमा गर्ने प्रचलन खासै छैन ।
तर विदेशी मुलुकहरूमा घर पालुवा जनावरहरूलाई पनि बहुमूल्य सम्पत्ती झैं ठूलो बीमांक सहित बीमा गर्ने चलन प्रशस्तै पाइन्छ ।

Crest
Meta Holidays

घरपालुवा जनावरको बीमामा पशुपंक्षी उपचार शुल्क, इच्छामृत्यु, रोग, स्याहार केन्द्रको शुल्क, शव गाड्ने र दाहसंस्कार सम्मको खर्च समेत समावेश गरिएको हुन्छ । अहिलेसम्मको बीमा इतिहासमै सबैभन्दा महँगो घरपालुवा जनावरको बीमा दाबी सन् २०१० मा गरिएको थियो । यो बीमा अन्तर्गत बिरालोको मालिकलाई बिरालोको मृगौला शल्यक्रियाको लागि २१ हजार अमेरिकी डलर आवश्यक थियो । अहिलेको विनिमय दर अनुसार यो रकम २६ लाख ४६ हजार रुपैयाँ बराबर हुन आउँछ ।

पेटमेडका अनुसार बिरालोको मृगौला शल्यक्रियाको लागि १२ हजारदेखि १५ हजार अमेरिकी डलर खर्च लाग्छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x