IME Life

डलर बढेसँगै नेपालमा ‘इ सिक्स’ र ‘एमथ्री’ गाडीको मूल्य बढ्यो

SPIL
NIC ASIA

काठमाडौं । विद्युतीय सवारी साधन उत्पादन कम्पनी बीवाइडी अटो इन्डष्ट्रिजको आधिकारीक वितरक साइमेक्स इंक प्रालिले गाडीको मूल्य बढाएको छ । कम्पनीले विगत दुई महिनाअघि नै गाडीको मूल्य समायोजन गर्नुपर्नेमा बजारमा देखिएको समस्याका कारण स्थीर राख्ने प्रयास गरेको कम्पनीले जनाएको छ ।

नेपालमा डलरको मूल्यसँग चीन लगाएत तेस्रो देशबाट आउने गाडीको मूल्य प्रभावित हुने गरेको छ । गाडीको मूल्य कायम गर्दाको डलर मूल्य र हालको डलर मूल्यमा बृद्धि भई ७ प्रतिशतको अन्तर रहेको छ ।

Prabhu
Crest

हालको अफ्ठ्यारो परिस्थितिलाई ध्यानमा राख्दै डलरको कारण उत्पन्न मूल्य वृद्धि धेरै हुने भएपनि हामीकले बीवाइडी इ सिक्समा १ लाख ५० हजार रुपैयाँले मूल्य समायोजन गरी नयाँ मूल्य ५९ लाख रुपैयाँ कायम गरेको कम्पनीले जनाएको छ । साथै एमथ्री मल्टीपर्पाेज भ्यानमा १ लाख २ हजार रुपैयाँले मूल्य समायोजन गरी ४५ लाख ५२ हजार रुपैयाँ मूल्य कायम भएको छ ।

पछिल्लो १५,१६ महिनामा डलरको एक्सचेन्ज रेटमा ब्यापक वृद्धि भएको कारण मूल्य बढाउन परेको साइमेक्स इंकका सीईओ साहिल श्रेष्ठले बताए । तर यसअघि नै बुकिङ गरेका ग्राहकले भने मूल्य वृद्धि हुनु अगावैको मुल्यमा गाडी पाउने उनले बताए ।

वीवाइडीको लेटेष्ट टेक्नोलोजीमा आधारित ब्लेड ब्याट्री यसको सबैभन्दा बलियो पक्ष हो । ब्लेड ब्याट्री सुरक्षाको हिसाबले अब्बल र लङ रेन्जका लागि उपयुक्त रहेको छ । इ सिक्समा भने कम्कपनीले ७१.७ किलोवाट आवर क्षमताको ब्याट्री र ७० किलोवाट क्षमताको मोटर जडान गरिएको छ । फुल चार्जमा यसको रेन्ज ५२२ किलोमिटर रहेको छ । साथै, ग्राहकले ७ किलोवाट क्षमताको एसी चार्जर पनि गाडीसँगै पाउने छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS