बोटलर्स नेपालले व्यवसाय विस्तारका लागि पूँजी बढाउदै, चालु पूँजी ७ अर्ब पुर्याउने

काठमाडौं । बोटलर्स नेपालले व्यवसाय विस्तारका लागि स्थिर पूँजी र चालु पूँजी बढाउने भएको छ । कम्पनीको साउन २० गते बसेको सञ्चालक समितिको बैठकले फिक्स एसेट र वर्किङ क्यापिटल बढाउने निर्णय गरेको हो ।

कम्पनीले स्थिर पूँजी ४ अर्ब ४४ करोड रुपैयाँ पुर्याउने भएको छ भने चालु पूँजी ७ अर्ब पुर्याउने भएको हो । कम्पनीले उत्पादन क्षमता बढाउनका लागि आवस्यक पर्ने स्रोत संकलन गर्न यस्तो पूँजी बढाउन थालेको हो । कम्पनीले यस्तो पूँजी कर्जा तथा शेयर पूँजी दुबै विधिबाट जुटाउन सक्छ ।

कम्पनीको हालको चुक्ता पूँजी भने एक अर्ब ९४ करोड रुपैयाँ रहेको छ । कम्पनीले नगद लाभांशलाई मात्रै जोड दिने गरेको पाइन्छ । त्यसैले यस्तो पूँजीका लागि शेयर पूँजी मार्फत जुटाउन सक्छ भन्ने छैन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार