IME Life

बीमकको आन्तरीक नियन्त्रण प्रणालीलाइ प्रभावकारी बनाउँदै नियामक, जोखिममा आधारित आन्तरीक लेखापरीक्षण निर्देशिका लागू

SPIL
NIC ASIA

काठमाडौं । बीमकको आन्तरीक लेखापरीक्षण र आन्तरिक नियन्त्रणलाई प्रभावकारी बनाउनको लागी बीमा समितिले जोखिममा आधारित आन्तरीक लेखापरीक्षण निर्देशिका कार्यान्वयनमा ल्याएको छ ।

साउन १ गतेदेखि लागू गरिएको निर्देशिकामा स्वतन्त्र संचालकको नेतृत्वमा लेखापरीक्षण समिति गठन गर्नुपर्ने प्रावधान राखिएको छ । यसअघि बीमकको अध्यक्ष बाहेक कुनै पनि संचालक आन्तरीक लेखापरीक्षण समितिको संयोजक रहँदै आएकोमा चालू आवदेखि स्वतन्त्र विज्ञ संचालक मात्र संयोजक बस्न पाउने भएको छ । त्यसैगरी तीन सदस्यीय समितिमा कम्तीमा एकजना सदस्य पाँच वर्षभन्दा बढी अनुभव भएको चार्टर्ड अकाउण्टेण्ट वा स्नातक तह उतीर्ण भई १० वर्ष कार्य गरेको अनुभवी हुनुपर्ने प्रावधान समेत राखिएको छ ।

Prabhu
Crest

साथै आन्तरीक लेखापरीक्षणको इन्चार्जलाई लेखा समितिको सदस्य सचिवको जिम्मेवारी दिइनुपर्नेछ । प्रमुख कार्यकारी अधिकृत, उनको नातेदार वा लेखा विभाग प्रमुख सदस्य हुन पाउने छैनन् ।

लेखापरीक्षण समिति संचालक समिति प्रति जिम्मेवार हुनेछ । साथै लेखापरीक्षणमा देखिएको सम्पूर्ण कैफियतहरु समितिले सिधै संचालक समितिसमक्ष पेश गर्नुपर्नेछ । लेखापरीक्षण समितिको बैठक वर्षभरमा कम्तीमा ८ पटक र तीन महिनामा कम्तीमा दुई पटक भएको हुनुपर्छ ।

आन्तरिक लेखापरीक्षणमा संलग्न भएको व्यक्ति बाह्य लेखापरीक्षणमा संलग्न हुन पाउनेछैन । त्यस्तै बाह्य लेखापरीक्षणमा संलग्न व्यक्तिमा समेत सोही प्रावधान लागू हुनेछ ।

जोखिममा आधारित आन्तरिक लेखापरीक्षणले केवल जोखिममा आधारित लेखापरीक्षण योजना तर्जुमा गर्ने उद्देश्यका लागि गतिविधि स्थान र नियन्त्रनको प्रभावकारीता सम्बन्धमा अन्तर्निहित व्यापार जोखिमहरूलाई ध्यानमा राख्दै स्वतन्त्र जोखिम मूल्याङ्कन गर्छ ।

जोखिम व्यवस्थापनको सीमा तय गर्दा लेखा समितिले ध्यान दिनुपर्ने विषयहरू:
क. बीमा समितिद्वारा जारी जोखिम व्यवस्थापन दिशानिर्देशनको पालना भए नभएको समीक्षा ।

ख. बीमकको संचालक समिति र यसका प्रत्यायोजित अधिकारीहरूद्वारा प्रभावकारी व्यवस्थापन पर्यवेक्षण अभ्यास गरिएको छ वा छैन ।

ग. समयमै जोखिमको स्तर पहिचान र परिमाण निर्धारण गर्ने प्रक्रियाहरू आधार स्थानमा छन् वा छैनन् ।

घ. जोखिम व्यवस्थापन गर्ने सीमा वा अन्य नियन्त्रणहरू आधार स्थानमा छन् कि छैनन् ।

ङ. व्यवस्थापन समक्ष पेश गरिएको प्रतिवेदनले बीमकले ग्रहण गरेको जोखिमको प्रकृति र जोखिमको स्तर तथा अनुमोदित सीमा र नीतिको गैर अनुपालनको अवस्था ।

च. विभिन्न जोखिमहरूको सम्भाव्यता र प्रभावमाथि नियन्त्रण मूल्याङ्कन गर्ने प्रक्रियाहरू।

Risk-based-internal-audit-directive-1

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS