IME Life

ब्रोकर लाइसेन्स रोक्ने कार्य स्वीकार्य छैन, सेलिङ प्रेसरले लगानीकर्ता डराउदैनन् : नबराज दाहाल

SPIL
NIC ASIA

पुराना ब्रोकरहरुले नयाँ ब्रोकर लाइसेन्स रोक्न शक्तिकेन्द्र धाएका समाचारहरु सत्य हो भने यस्तो कार्य हामीलाई स्वीकार्य छैन । नयाँ ब्रोकर खोल्न रोक्न पहल गर्नु भन्दा बरु आफ्नो पूँजी बढाएर गुणस्तरिय सेवा कसरि दिने भन्नेतिर लागे राम्रो होला ।

पूँजी बढाउने पैसा छैन भने किन चिन्ता ? आफ्नो ब्रोकरलाइ पब्लिक बनाएर आइपिओ जारी गरे हुदैन ? आइपिओ  जारि गर्दा एकलौटी खादै आएको नाफा कम हुन्छ भन्ने डर लागेको हो भने अव लाइसेन्स फिर्ता गरेर लगानीकर्ता मात्रै बनेर बस्दा सबैभन्दा उपयुक्त हुनेछ ।

Prabhu
Crest

अहिले धितोपत्र बोर्डले ब्रोकरको क्षमता बढाउन  दिएको २ बर्सको समय एकदम राम्रो हो । अहिले भएका ५० वटा ब्रोकर मर्ज भएर २५ वटा भयो भने उनिहरुले आफ्नो सेवालाई देशव्यापी बनाउन सक्छन् । यदि पुराना ब्रोकरले नै राम्रो सुबिधा दिए भने लगानीकर्ता नयाँ ब्रोकरमा कारोबार गर्न जादैनन् अनि नयाँ आउने ब्रोकरको आम्दानी आफै कम हुन्छ । कमाइ नहुने वित्तीकै उनिहरु बजारमा टिक्न नसकेर आफै पलाएन हुन्छन् ।

सरकारले ब्रोकर थप्ने नीति ल्यायो भन्दै धम्क्याउन सेलिंग प्रेसर ‘बिक्री’ बढाए भने आफ्नो खुट्टामा आफैले बन्चरो हाने बराबर हुनेछ । लगानीकर्ताहरु नेप्से सूचक ३२०० अंकबाट १८०० अंक सम्म आउदा पनि डराइएका छैनन् । तत्कालिन अवस्थामा ब्रोकरको सप्लाईले ८०० घटेपनि नेप्से १००० मा आउला त्यसमा पनि नयाँ पैसाले खरिद भयो भने त्यसको आधा ४०० झर्ला । नेप्से ५०० अंक आए पनि  लगानीकर्ता डराउने वाला छैनन् ।

विभिन्न कारणबाट पटक पटक पाएको पीडाले लगानीकर्ताहरु जस्तो सुकै पीडा पनि सहन बानी परिसकेका छन् । अब ढुक्क भएर कुरेर बस्न सक्छन् । पैसा भए घटेको बेलामा किता थपेर बस्छन् होइन भने कुर्न सक्ने भइसकेका छन् ।

सेयर बजार भनेको उपत्यका र सहरी क्षेत्र अनि पहुँच भएका सिमित व्यक्तिको लागि मात्र थियो । अनलाइ टिएमएस आएपछि सबैले थाहा त पाए तर स्वतन्त्र रुपमा कारोबार गर्न पाएनन् । त्यसको मुख्य कारण ब्रोकर नै हुन् । जहाँ ब्रोकरले लगानीकर्ता मैत्री भएर काम गरेन् बरु आफ्नो समस्या पनि नेप्सेको समस्या भनेर टारेर बसे । सबै लगानीकर्ताले ब्रोकरले दिएको पिडा सहेर दुःख सहेर कारोबार गर्न बाध्य भएका छन् ।

नेपाल धितोपत्र बोर्डले नयाँ लाइसेन्सिङ प्रणालीको व्यवस्था गरे सँगै लगानीकर्ताहरु अहिले धेरै नै खुसी छन् । किनकी अव कारोबार गर्न ब्रोकर छान्ने विकल्प पाउने भएका छन् । अहिले लगानीकर्ताले ब्रोकरलाइ ज्यु ज्यु गर्नु परिरहेको छ । नयाँ ब्रोकर आए भने ठिक उल्टो आफ्नो ब्यापार बढाउन लगानीकर्तालाई ज्यु ज्यु गरेर सेवा प्रदान गर्ने छन् । यि यस्ता अवस्थाको सिर्जना हुनुको पछाडी अहिलेका ब्रोकरले मात्रै होइन । यसका पछाडी धेरै कारण छन् ।

लगानीकर्ताको नाम बेचेर झोले संगठन खोलेर हिडेका झोले संगठनका नाइके जसले आफुलाई नेता हौ भन्दै ब्रोकर सँग सम्बन्ध बढाएर फाइदा लिएका हुन्छन् । सिक्ने सिकाउने पसल चलाएर लगानीकर्ताको माझमा चर्चित बन्दै नियामक निकायमा आफ्नो पहुँच बनाएका गिरोहहरु जसले आफुसँग हजारौ लगानीकर्ता छन् हामी ठुलो कारोबार गरिदिन्छौ भनेर ब्रोकर सँग सम्बन्ध बनाउछन् ।

आफुलाई ठुलो खेलाडी हौ भन्दै बैकबाट अर्बौ ऋण लिएर अनाबस्यक कम्पनी उचाल्ने खेलाडी जसले ब्रोकरलाइ ठुलो कारोबार मार्फत कमिसन बढाइदिने प्रलोभनमा ब्रोकरलाइ आफ्नो कब्जामा पारेका हुन्छन् । यस्ता धेरै तत्व छन् जसले गर्दा ब्रोकरले कुनै डर नमानी आम लगानीकर्तालाई बारम्बार दुःख दिदै आएका छन् ।

आजको दिनमा हेर्ने हो भने बजार जति झर्नु पर्ने हो त्यो भन्दा बढी झरिसकेको छ । अब पुराना  ब्रोकरलाई नयाँ ब्रोकर आउने पिडा थपिए सँगै कतिपय ठुला लगानीकर्ताहरु वित्तीय सस्थाको ऋणमा खेलेर अर्बौ कमाउन चाहन्छन् ।

यदि नयाँ ब्रोकर थप्ने निर्णय कार्यान्वयन भयो र नेपाल राष्ट्र बैंकले ४/१२ को सिमा संसोधन भयो भने शेयर बजार सुधार हुनेछ ।

जब मूल्य उचाल्ने ठेकदारहरुले आफ्नो नाफा टुप्पोमा लगेर बुक गर्छन त्यतिवेला अहिले भन्दा ठुलो संकट आउने गरि लगानीकर्ता पिडित हुनेछन् र धेरै लगानीकर्ता बजारबाट सधैका लागि निस्किने छन्

(दाहाल शेयर लगानीकर्ता हुन्)

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS