IME Life

साउनमा टार्गेट पुरा गर्ने अभ्यासको अन्त्य, मसान्त पछिको पोलिसीलाई समितिको सफ्टवेयरले नै मोनिटरिङ गर्ने

SPIL
NIC ASIA

काठमाडौं । बीमा अभिकर्ताहरुले आर्थिक वर्ष सकिएको १०/१५ दिन पछि पनि पोलिसी ल्याएर टार्गेट पुरा गर्ने अभ्यास यस वर्षदेखि अन्त्य हुने भएको छ । बीमा समितिले यस वर्षदेखि बीमा कम्पनीहरुको सफ्टवेयर एपिआई मार्फत केन्द्रिकृत गरे सँगै कुनै पनि बीमा कम्पनीहरुले व्याक डेटमा पोलिसी काट्न पाउने छैनन् ।

बीमा कम्पनीहरुले असार मसान्तको राति १२ बजे पछि सफ्टवेयर लक गर्नु पर्नेछ । गएका वर्षमा बीमा समितिले असार मासन्त पछि पोलिसी काट्न नपाउने व्यवस्था गरे पनि कम्पनीहरुले सफ्टवेयरमा डेट मिलाएर पोलिसी जारी गर्ने गरेका थिए । अझ कतिपय अभिकर्ताले असार मसान्तमा पैसा जम्मा गरेर साउन २/३ गतेसम्म पनि पोलिसी काट्ने गरेका थिए । अव यि सबै अभ्यास बन्द हुने भएको छ ।

Prabhu
Crest

असार मसान्त भन्दा पछि काटिएका पोलिसीलाई असार मासन्त भित्र गणना गरी टार्गेट पुरा गरिएको पाइएमा बीमा समितिको सफ्टवेयरले पत्ता लगाउने बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । उनले भने ‘सम्पुर्ण बीमा कम्पनीहरुले यहि असार २८ गते भित्र आफ्नो सफ्टवेयर एपिआई मार्फत इन्ट्रिगेट गर्नु पर्नेछ । त्यस पछि समितिले कम्पनीका सम्पुर्ण गतिविधिहरुलाई सजिलै मोनिटरिङ गर्ने छ ।’ यस सफ्टवेयरको कार्यान्वयन सँगै व्याकडेटमा पोलिसी काट्ने सम्पुर्ण कार्यहरु बन्द हुने पौडेलको दाबी छ ।

असार मसान्त बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत, मार्केटिङ विभागका कर्मचारी, शाखा प्रमुखहरु, अभिकर्ता लगाका लागि अर्थपुर्ण मानिन्छ । कर्मचारीहरुको ‘प्रफर्मेन्स’को मूल्याङ्कन, बढुवा, सरुवा लगायतका कुराहरुलाई उनिहरुले पुरा गर्ने टार्गेटका आधारमा मूल्याङ्कन हुन्छ । जसले गर्दा उनिहरुले अभिकर्ता मार्फत आफ्नो प्रस्तुति प्रस्तुत गर्छन् । जहाँ साउन १५ गतेसम्म पनि पोलिसी काटिदिने गलत अभ्यास हुने गर्छ ।

अर्को तर्फ व्यवसायिक अभिकर्ताका लागि पनि असार मासन्त सबैभन्दा महत्वपुर्ण मानिन्छ । यहि असार मसान्त सम्ममा पुरा गरिएको टार्गेटका आधारमा तलब सेवा सुविधा तल माथि हुने भएकाले उनिहरुले साउनमा पनि पोलिसी काट्ने गरेका छन् ।

तर यस वर्ष अभिकर्ता तथा कर्मचारीहरुले आफ्नो जे जति प्रस्तुति देखाउनु पर्ने हो यहि असार मासन्त भित्रमा देखाइसक्नु पर्ने भएको छ । साउन तीन चार गतेसम्ममा भए पनि पोलिसी काटेर टार्गेट पुरा गरौला भन्न नपाउने भएका छन् ।

बीमा समितिले गत वर्ष असार मासान्त भित्र आएका पोलिसीलाई असार मसान्त भित्रै पोलिसी काट्न नपाउने निर्देशन दिएको थियो । यदि असारमा भ्याइएन भने पनि असार मसान्त भित्र बैंक शाखामा रकम जम्मा गरिसक्नु पर्ने भनेको थियो । यस्तो अवस्थामा पनि बीमा कम्पनीहरुले निश्चित रकम बैंक खातामा जम्मा गरेर उक्त रकम बराबरको पोलिसी साउन ४/५ गतेसम्म पनि काटेका थिए । अझ दुई तीन वर्ष अगाडी आर्थिक वर्ष सकिएको १५/२० दिन पछि पनि असार मासन्त भित्रका लागि पोलिसी काट्ने प्रचलन व्याप्त थियो ।

बीमा समितिले यस वर्ष भने पुर्ण रुपमा सफ्टवेयर मार्फत अनलाइन प्रणालीको विकास गरी यस्ता कार्यलाई निरुत्साहित पार्ने भएको छ । समितिको यस्तो कदमले अभिकर्ता तथा कर्मचारीहरुलाई पनि टार्गेट पुरा गर्न समय सिमा भन्दा अगाडी नै पुरा गर्ने दवाव सिर्जना गरिदिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS