नविल र बंगलादेश बैंकको एकिकृत कारोबार असार २७ गतेदेखि हुँदै

काठमाडौं । नविल र नेपाल बंगलादेश बैंकले यहि असार २७ गतेदेखि एकिकृत कारोबार गर्ने भएका छन् । नेपाल राष्ट्र बैंकले असार १५ गते मर्जरको अन्तिम स्वीकृति प्रदान गरे सँगै दुबै बैंकले एकिकृत कारोबारकोको मिति तय गरेका हुन् ।

दुबै बैंकले जेठ ७ गते विशेष साधारणसभा मार्फत मर्जरको प्रस्ताव पारित गरेका थिए । नविल बैंकले नेपाल बंगलादेश बैंकलाई १०० कित्ता बरारबर ४३ कित्ताको अनुपातमा प्राप्ति गरेको हो । अव नेपाल बंगलादेश बैंकको शेयर नविल बैंकको नाममा ४३ प्रतिशतमा खुम्चिनेछ ।

नविल बैंकले नेपाल बंगलादेश बैंकका निवर्तमान प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गानालाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार