नेपाल डिपि लिमिटेडद्धारा डिम्याट र मेरो शेयरको वार्षिक शुल्क बुझाउन आग्रह

काठमाडौं । नेपाल डिपि लिमिटेडले डिम्याट खाता र मेरो शेयरको वार्षिक शुल्क बुझाउन आग्रह गरेको छ । कम्पनीको आर्थिक वर्ष २०७८/०७९ सम्म डिम्याट खाता संचालन गरेबापत लाग्ने शुल्कहरु असार मसान्तभित्र ग्लोबल आइएमई बैंक लिमिटेडको कमलादी शाखामा रहेको बैंक खातामा भुक्तानी गर्न आग्रह गरिएको छ ।

साथै ग्राहकले मेरो शेयरको माइ प्रोफाइल मार्फत इ सेवा, कनेक्ट आइपीएस, आइएमई पे र खल्ति मार्फत भुक्तानी गर्न सक्नेछन् ।

कम्पनीले तोकेको समयभित्र डिम्याट खाताको सम्पुर्ण वार्षिक शुल्क भुक्तानी नगरेमा हितग्राहीहरुको शुल्क भुक्तानी नगरेसम्मका लागि डिम्याट खाता रोक्का गरिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार