ङादी ग्रुप पावरको शेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ङादी ग्रुप पावर लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको १५० प्रतिशत हकप्रदमा मूल्य समायोजन भएको हो ।

समायोजनपछि कम्पनीको प्रति कित्ता शेयर मूल्य २६३ रुपैयाँ ६० पैसा कायम भएको छ । समायोजनअघि कम्पनीको शेयर मूल्य ५०९ रुपैयाँ थियो ।

कम्पनीले हकप्रद निष्काशनको लागि आज असार २० गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज मूल्य समायोजन भएको हो । कम्पनीले हाल कायम चुक्ता पुँजी ७० करोड ६९ लाख ३२ हजार ४ सय रुपैयाँको १ः१.५ को अनुपातमा अर्थात् १५० प्रतिशत हकप्रदले हुन आउने १ करोड ६ लाख ३ हजार ९ सय ८६ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार