IME Life

हिमालयन हाइड्रोपावरको आइपीओमा १६ लाख २६ हजार ४३० जनाले दिए आवेदन

SPIL
NIC ASIA

काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको साधारण शेयरमा अन्तिम दिनसम्म १ अर्ब ८४ करोड रुपैयाँ बराबरको आबेदन परेको छ। असार १५ देखि बिक्रि खुला गरिएको आइपीओमा हिजो आइतबार बेलुका ५ बजेसम्म १६ लाख २६ हजार ४३० जनाले १ करोड ८४ लाख १९ हजार ९८० कित्ताको लागि आबेदन दिएको सिडीएस एण्ड क्लियरिंङ लिमिटेडले जनाएको छ।

कम्पनीले असार १५ गतेदेखि ६ लाख १८ हजार २५० कित्ता सहित गरी कुल १९ लाख ६८ हजार २५० कित्ता साधारण शेयर निष्काशन गरेको थियो । कम्पनीले स्थानीयमा बैशाख २५ गतेदेखि जेठ २३ गतेसम्म विक्री गरेको थियो । स्थानीयमा विक्री गरेको आइपीओमा रितपूर्वक आवेदन दिने आवेदकहरूलाई जेठ ३१ गते आइपीओ बाँडफाँड समेत गरिसकेको छ ।

Prabhu
Crest

कम्पनीले निष्काशन गरेको कुल शेयरमध्ये २ प्रतिशत अर्थात ३९ हजार ३६५ कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको थियो भने ५ प्रतिशत अर्थात ९८ हजार ४१३ कित्ता शेयर सामूहिक लगानी कोषमा बाँडफाँड गरिएको छ । बाँकी रहेको १८ लाख ३० हजार ४७२ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिने व्यवस्था थियो ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिने व्यवस्था थियो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS