IME Life

अप्पर सोलु हाइड्रोले आजबाट आइपीओ निष्काशन गर्दै, कति कित्तासम्म दिन पाईन्छ आवेदन ?

SPIL
NIC ASIA

काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले आज असार २० गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर (आइपीओ) निष्काशन गर्दैछ । कम्पनीले १९ करोड ५७ लाख ५० हजार बराबरको प्रतिकित्ता १०० अंकित मूल्यका दरले १९ लाख ५७ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो ।

निष्काशन गरिने कुल शेयरमध्ये २ प्रतिशत अर्थात ३९ हजार १५० कित्ता कर्मचारीहरुका लागि ५ प्रतिशत अर्थात ९७ हजार ८७५ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ । लगानीकर्ताले बाँकी १८ लाख २० हजार ४७५ कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

Prabhu
Crest

लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् भने अधिकतममा १ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन । आइपीओमा आवेदन दिने समय असार २३ गतेसम्म रहेको छ । उक्त समयसम्म माग बमोजिम आवेदन नपरेमा साउन २ गतेसम्म समय थप हुनेछ ।

कम्पनीलाई इक्रा नेपालले इक्राएनपी–आइआर डबलबी प्लस निष्कासनकर्ता रेटिङ्ग प्रदान गरेको छ । उक्त रेटिङ्गले समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सक्नेछन् । यसका साथै मेरो शेयरको वेबसाइट तथा एपमार्फत पनि आवेदन दिन सकिनेछ ।

कम्पनीले सोलुखुम्बु जिल्लाको सोलु दुधकुण्ड नगरपालिका वडा नं।६,७ र ११ मा सोलुखोलाको पानीबाट २३ दशमलव ५ मेगावट क्षमताको विद्युत् आयोजना निर्माण सम्पन्न गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS