नेपाल लाइफ र प्रभु लाइफले पाए संस्थागत लगानीकर्ताको अनुमति

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले योग्य संस्थागत लगानीकर्ताको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डको नियमन तथा व्यवस्थापन विभागले योग्य संस्थागत लगानीकर्ताको रुपमा काम गर्न स्वीकृति प्रदान गरेको हो ।

बोर्डले असार १७ गते प्रभु लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी सहित एनएमबि सरल बचत फण्ड इले पनि अनुमति दिएको हो । गत असार १३ गते पनि ६ वटा संस्थाले अनुमति प्राप्त गरेका थिए । गौरव नेपाल इन्भेष्टमेन्ट, नबिल ब्यालेन्सड् फण्ड ३, पशुपति भेन्चर क्यापिटल प्रालि, समृद्धि फाइनान्स कम्पनी, कामना सेवा विकास बैंक र सिद्धार्थ व्यवस्थित लगानी योजनाले अनुमति पाएको छ ।

पछिल्लो समय तीन सहित जम्मा १०९ वटाले संस्थागत लगानीकर्ताको अनुमति प्राप्त गरेका छन् । संस्थागत लगानीकर्ताले बुक विल्डिङ विधिबाट आइपिओ निष्काशनको प्रकृयाँमा भाग लिन पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार