IME Life

५७ अंकले बढ्यो नेप्से, ६ वटा कम्पनीमा सर्किट लाग्दा कारोबार रकम भने २ अर्ब ४८ करोड

SPIL
NIC ASIA

काठमाडौं । साताको पहिलो दिन आज शेयर बजार नेप्से परिसूचक ५० प्रतिशतभन्दा बढी अंकले बढेको छ । आज शेयर बजार ५७ दशमलव ६१ अंकले बढेर २०८६ दशमलव ३८ को विन्दुमा कायम भएको छ । आज १७६ वटा कम्पनीको शेयर बढेको छ भने १२ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २३१ वटा कम्पनीको ६२ लाख २७ हजार ६९२ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ४८ करोड ४ लाख ७३ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको शेयर कारोबार भएको छ । कम्पनीको २ अर्ब २२ करोड ८ लाख रपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, हिमालयन डिष्टिलरीको ८ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिभम सिमेन्टको ४ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल लाइफको ६ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । साथै एनआइसी एसिया बैंकको ६ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज ६ वटा कम्पनीमा सर्किट लागेसँगै यी कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । जसमध्ये पहिलोमा साल्ट टेडिङ रहेको छ । यो कम्पनीको शेयरमा सर्किट लागेको छ । यसैगरी हिमालयन पावर पार्टनर, अप्पर तामाकोशी, सानजेन जलविद्युत कम्पनी,नेष्डो समबृद्ध लघुवित्त र सिवाइसी नेपाल लघुवित्तको शेयरले सर्किट ब्रेक गरेको हो । जस अनुरुप यस कम्पनीका लगानीकर्ताले आज सबैभन्दा धेरै कमाएका छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS