IME Life

शिलबन्दी बोलपत्रद्धारा संस्थापक शेयर विक्री गर्दै महालक्ष्मी लाइफ

SPIL
NIC ASIA

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले शिलबन्दी बोलपत्रद्धारा संस्थापकतर्फको ३२ लाख ९० हजार कित्ता शेयर सर्वसाधारणमा विक्री गर्ने भएको छ । कम्पनीको उक्त शेयरमा आजदेखि असार २४ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ । यस शेयरमा शेयर जो कोही व्यक्ति तथा संस्थाहरूले आवेदन दिन सक्नेछन् ।

यसअघि कम्पनीले साविकका संस्थापकहरूबाट थप ५० प्रतिशत शेयर जेठ ११ गतेदेखि असार १९ गतेसम्म र पुनः असार १० गतेदेखि १६ गतेसम्म खरीदका लागि आवेदन माग गरेकोमा उल्लेखित कित्ता शेयरमा भने आवेदन नपरेपछि सर्वसाधारणमा जारी गरिएकोजनाएको छ ।

Prabhu
Crest

प्रतिकित्ता १ सय रुपैयाँ तोकिएको यस शेयर खरीदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । आवेदकहरूले न्यूनतम १० हजार कित्तादेखि अधिकतम ३१ लाख ५० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

तोकिएको अवधिभित्र प्राप्त बोलपत्र असार २६ गते अपरान्ह ४ बजे कम्पनीको प्रधान कार्यालय कमलपोखरी, काठमाडौंमा खोलिने कम्पनीले जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS