IME Life

एक्सेल डेभलपमेन्ट बैंकको साधारणसभा साउन ९ गते, यस्ता छन् एजेण्डा

SPIL
NIC ASIA

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले सोह्रौ वार्षिक साधारणसभा साउन ९ गते बोलाएको हो । बैंकको असार १७ गते बसेको सञ्चालक समितिको बैंठकको सभाको मिति तय गरेको हो । सभा सिद्धार्थ होटल, विर्तामोड, झापामा बिहान ११ बजे हुने बैंकले जनाएको छ ।

उक्त सभामा आर्थिक वर्ष २०७७/०७८ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७८/०७९ का लागि लेखापरिक्षण नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

Prabhu
Crest

सभाले यस बैंक र अन्य बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने गाभिने, आर्थिक वर्ष २०७७/०७८ सम्मको वितरणयोग्य संचित मुनाफाबाट संचालक समितिले सिफारिस गरे बमोजिम ८ दशमलव ५० प्रतिशत बोनश शेयर बापतको कर प्रयोजनका लागि ५१ लाख ५२ हजार ७४ दशमलव ३१ नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्ने र संचालक समितिबाट प्रस्तावित हालको चुक्ता पूँजी १ अर्ब १५ करोड १७ लाख ९२ हजार १३९ दशमलव ११ को ८ दशमलव ५० प्रतिशतका दरले हुन आउने ९ करोड ७९ लाख २ हजार ३३१ दशमलव ८२ बराबरको बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले सभा प्रयोजनका लागि असार २८ गतेदेखि साउन ९ गतेसम्म बुक क्लोज गर्ने भएको छ । त्यसकारण असार २७ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले साभामा भाग लिन र लाभांश पाउनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS