IME Life

आर्थिक मन्दीले जीवन बीमाको बृद्धिदर खुम्चियो, निर्जीवन बीमा कम्पनीको उल्लेख्य सुधार

SPIL
NIC ASIA

काठमाडौं । आर्थिक मन्दीको प्रभाव जीवन तथा निर्जीवन बीमा कम्पनीको व्यवसायिक बृद्धिदरमा पर्न थालेको छ । बीमा समितिले सार्वजनिक गरेको जेठ महिनाको तथ्याङ्क अनुसार जीवन बीमा शुल्क आर्जन १६.७५ प्रतिशतले मात्रै बृद्धि भएको छ । त्यस्तै निर्जीवन बीमा व्यवसाय २८.८० प्रतिशतले बृद्धि भएको छ ।

जवकी गत आर्थिक वर्षको असार मसान्तसम्ममा जीवन बीमा शुल्क आर्जन २६.१८ प्रतशतले बढेको थियो । आर्थिक वर्ष सकिन अव १५ दिन मात्रै बाँकी छ । यस अवधिमा केहि बृद्धि हुन सक्ला तर गत वर्षको जति बृद्धि हुन सकेन ।

Prabhu
Crest

त्यस्तै निर्जीवन बीमा व्यवसाय गत आर्थिक वर्षमा २२.७४ प्रतिशत मात्रै थियो । तर यस वर्ष निर्जीवन बीमा व्यवसायको बृद्धिदर भने सुधार भएको छ । यस वर्ष झण्डै ६/७ प्रतिशत विन्दुले सुधार हुने अपेक्षा गरिएको छ । गत वर्ष कोभिड १९ ले गर्दा उद्योग, कलकारखाना, यातायात लगायतका क्षेत्र बन्द हुँदा निर्जीवन बीमा कम्पनीको व्यवसाय खासै सुधार हुन सकेको थिएन् । अर्को तर्फ निर्जीवन बीमा कम्पनीहरुले विगतका वर्षमा इन्जिनियरिङ बीमालाई कागजमा मात्रै सिमित गर्दै आएका थिए । बीमा समितिले यस वर्ष इन्जिनियरिङ तथा हाइड्रोपावरको बीमालाई न्युनतम दर निर्धारण गरिदिए पछि पनि बीमा शुल्कमा उल्लेख सुधार देखिएको हो ।

जेठ मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले एक खर्ब १९ अर्ब रुपैयाँ आर्जन गरेका छन् । गत वर्षको यहि अवधिमा जीवन बीमा कम्पनीहरुले एक खर्ब २ अर्ब रुपैयाँ आर्जन गरेका थिए । त्यस्तै निर्जीवन बीमा कम्पनीले जेठ मसान्तसम्ममा ३४ अर्ब १५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । गत वर्षको यहि अवधिमा जम्मा २६ अर्ब ५२ करोड रुपैयाँ मात्रै थियो । यसरी जीवन र निर्जीवनको संयुक्त कुल बीमा शुल्क आर्जन भने एक खर्ब ५३ अर्ब रुपैयाँ पुगेको छ ।

यस आर्थिक वर्षमा कुल बीमालेख संख्या भने ४९ प्रतिशतले बृद्धि भएको छ । जीवन बीमा कम्पनीहरुले एक करोड २६ लाख वटा पोलिसी बिक्री गरेका छन् । सामान्यतया जीवन बीमालेख संख्याका आधारमा बीमाको पहुँच गणना गरिन्छ । तर एउटै व्यक्तिले धेरै वटा पोलिसी लिने भएकाले यहि संख्याका आधारमा बीमाको पहुँच गणना गर्दा गलत हुन्छ ।

त्यसैले बीमा समितिले बीमा पहुँच गणना गर्दा म्यादी, लघु, वैदेशिक रोजगार जीवन बीमालेख बाहेकमा पनि ५ प्रतिशत घटाएर सार्वजनिक गर्ने गरेको छ । यसो गर्दा बीमाको पहुँच १६ प्रतिशत हाराहारी मात्रै हुन आउछ । तर जारी भएको सम्पुर्ण बीमालेखलाई जनसंख्या सँग तुलना गर्दा बीमाको पहुँच ३९ प्रतिशत देखिन आउछ । अझ वैदेशिक रोजगारी, म्यादी र लघु जीवन बीमा बाहेकको बीमालेखलाई तुलना गर्दा बीमाको पहुँच ३६ प्रतिशत हुन आउछ । बीमा समितिले यहि जनसंख्यालाई आधार मानेर बीमाको पहुँच ३६ प्रतिशत पुगेको भन्ने गरेको हो ।

एक वर्षको अवधिमा बीमा कम्पनीको शाखा कार्यालय १५ प्रतिशतले बढेको छ । बीमा कम्पनीहरुले ३३५५ वटा शाखा कार्यालय सञ्चालन गर्दै आएका छन् । त्यस्तै कर्मचारी संख्या पनि १० प्रतिशतले बढेको छ । बीमा कम्पनीमा हाल प्रत्यक्ष कर्मचारीको रुपमा ११ हजार ८५१ जनाले रोजगारी पाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS