IME Life

विद्युतीय माध्यमबाट बीमाशुल्क भुक्तानी गर्दा स्मार्ट वाचदेखि मोटरसाइकलसम्म उपहार पाइने

SPIL
NIC ASIA

काठमाडौं । असार मसान्त नजिकिंदै गर्दा जीवन बीमा कम्पनीहरुले नविकरण बीमाशुल्क भुक्तानीको लागी बीमितलाई प्रेरित गर्न भुक्तानी प्रदायकसँग मिलेर आकर्षक योजनाहरु सार्वजनिक गर्दैछन् ।

बीमाशुल्कको भुक्तानीमा नगद फिर्ता (क्यास ब्याक) योजना सँगै स्मार्ट वाच, महँगो मोबाइल फोन, मोटरसाइकल लगायत आकर्षक उपहारहरु समेत बीमितले पाउने भएका छन् । पहिलो पटक ईसेवाले एक लाख रुपैयाँभन्दा बढी मूल्य पर्ने आइफोन एलेभेन मोबाइल सेट उपहारको रुपमा बाँडेर बीमाशुल्क वितरणमा विद्युतीय माध्यमको प्रयोग गर्न बीमितलाई प्रोत्साहित गर्ने प्रयास गरेको थियो ।

Prabhu
Crest

कनेक्ट आइपिएसले प्रत्येक दिनपहिलो १०० जना बीमितलाई पाँच सय रुपैयाँ नगद फिर्ता(क्यास ब्याक) गर्ने उपहार योजना ल्याएको छ । त्यसैगरी असार मसान्तसम्मको लागी खल्ती डिजिटल वालेटले स्मार्ट वाच, स्मार्ट टेलिभिजन र मोटरसाइकल उपहार योजना सार्वजनिक गरेको छ । अन्तर्राष्ट्रिय बीमाजागरण दिवसको अवसर पारेर ईसेवाले दिउँसो १२ देखि २ बजेसम्ममा भुक्तानी गर्ने बीमितलाई २ सय रुपैयाँनगदफिर्ता योजना घोषणा गरेको थियो । यसबाहेक प्रत्येक दिन १ जनाभाग्यशालीबीमितलाई १ हजार रुपैयाँनगदफिर्ता योजनापनि संचालनगरिरहेको छ ।

नेपाल लाईफले आइएमई पे सँग सहकार्य गरेर बीमाशुल्क भुक्तानीमादुई हजार पाँच सय रुपैयाँ सम्म नगद फिर्ता दिने योजना संचालन गरेको छ । यो योजनाअन्तर्गत यसबाहेक हरेक दिन एक जना भाग्यशाली विजेताको लागी चन्द्रागिरी केबल कारको निःशुल्क टिकट समेत उपलब्ध गराइएको छ ।

एशियन लाईफ इन्स्योरेन्सले ईसेवा र खल्ती डिजिटल वालेटसँगको सहकार्यमा नविकरण बीमाशुल्क भुक्तानीमा बीमितलाई ०.५ प्रतिशत वा अधिकतम एक हजार पाँच सय रुपैयाँ सम्म नगद फिर्ता दिने योजना सार्वजनिक गरेको छ ।

ज्योती लाईफ इन्स्योरेन्सले पनि खल्ती डिजिटल वालेटसँगको सहकार्यमा एक हजार पाँच सय रुपैयाँसम्म नगद फिर्ता योजना सार्वजनिक गरेको छ । विद्युतीय भुक्तानी माध्यमबाट बीमाशुल्क तिर्ने बानी पार्नको लागी भुक्तानी सेवा प्रदायक र जीवन बीमा कम्पनीले नगद फिर्ता र उपहार योजनाहरु संचालनमा ल्याएका हुन् । बीमितले एकपटक विद्युतीय माध्यमबाट भुक्तानीगर्ने बानी परिसकेपछि अन्य विकल्प खोज्दैनन्,एक जना भुक्तानी सेवा प्रदायकले भने,किनकी यो भरपर्दो र छिटोछरितो छ ।

कस्ता बीमितले पाउँछन् नगद फिर्ता ?
नविकरण बीमाशुल्क भुक्तानी गर्नुपर्ने मिति अगावै बीमाशुल्क भुक्तानी गर्दा वा भुक्तानी गर्नुपर्ने मितिबाट सात दिनभित्र भुक्तानी गर्ने बीमितले नगद फिर्ता पाउनेछन् । बीमाशुल्क भुक्तानी गर्दा जुन मोबाइल नम्बरबाट विद्युतीय भुक्तानी गरिएको हो । सोही मोबाइल नम्बरको मोबाइल वालेट खातामा नगद फिर्ताको रकम जम्मा हुन्छ । यी सुविधाहरु प्राप्त गर्नको लागी मोबाइल वालेट प्रयोगकर्ताले आफ्नो ग्राहक पहिचान (केवाइसी) अध्यावधिक गरेको हुनुपर्छ ।

यस बाहेक इसेवाले एकजना भाग्यशाली विजेतालाइ १ लाख रूपैयाँ नगद पुरस्कारको समेत घोषणा गरेको छ ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS