IME Life

हितग्राही खातामा बैंक खाता अध्यावधिक गर्न एनआईबिएल एस क्यापिटलको आग्रह

SPIL
NIC ASIA

काठमाडौं । एनआईबिएल एस क्यापिटलले समृद्धि फण्ड–१ का इकाइधनीहरूलाई हितग्राही खातामा बैंक खाता अध्यावधिक गर्न आग्रह गरेको छ । क्यापिटलले शुक्रवार एक सूचना प्रकाशन गरी हितग्राही खातामा बैंक खाता अध्यावधिक गर्न पुनः आग्रह गरेको हो ।

एनआईबिएल म्युचुअल फण्डअन्तर्गत सञ्चालनमा आएको समृद्धि फण्ड–१ योजना पुस २२ गते परिपक्व भएकोमा क्यापिटलले पहिले पनि इकाइधनीलाई बैंक खाता अध्यावधिक गर्न आग्रह गरेको थियो ।

Prabhu
Crest

बैंक खाता अध्यावधिक गरेका इकाइधनीहरूलाई फिर्ता भुक्तानी रकम २०७८ चैत १३ गतेदेखि उपलब्ध बैंक खातामा क्यापिटलले जम्मा गर्न थालेको जनाएको छ ।

भौतिक रूपमा इकाइको प्रमाणपत्र भएका तथा केही कारणबस नामसारी गर्नु पर्ने इकाइधनीहरूको हकमा रकम फिर्ता लिन क्यापिटलको लाजिम्पाट, काठमाडौंमा सम्पर्क गरी उक्त योजनाको सक्कल प्रमाणपत्र, इकाइधनी स्वयंको खाता रहेको बैंकको नाम, बैंक खाता नम्बर उल्लेख सहितको निवेदन र आवश्यक कागजात प्राप्त भए पश्चात् उल्लेख गरेको बैंक खातामा रकमान्तर गरिने पनि क्यापिटलले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS