IME Life

राप्ती हाइड्रोको आइपीओ बाँडफाँड सम्पन्न

SPIL
NIC ASIA

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आइपिओ बाँडफाँड गरेको छ । बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलले हिजो बिहिबार शेयर बाँडफाँड गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले जेठ २४ गतेदेखि असार १० गतेसम्म आयोजना प्रभावितलाई आइपिओ बिक्रि खुला गरेको थियो । कम्पनीले आयोजना प्रभावित क्षेत्र रुकुम पूर्वी जिल्ला र रुकुम पश्चिम जिल्लाका स्थानीयलाई शेयर निष्काशन गरेको हो ।

Prabhu
Crest

कम्पनीले यी जिल्लाका स्थानीयलाई आफ्नो जारी पुँजी ६१ करोड २७ लाख ९३ हजार ८ सय रुपैयाँको १० प्रतिशतले हुन आउने ६ लाख १२ हजार ७ सय ९३ कित्ता शेयर निष्काशन गरेको थियो ।

बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार आइपीओमा आवेदन दिने योग्य आवेदकलाई ५ लाख ७५ हजार १ सय ७० कित्ता शेयर बाँडफाँड गरिएको छ । स्थानीयलाई बिक्रि नभएको ३७ हजार ६ सय २३ कित्ता सर्बसाधारणमा थपेर निष्काशन हुने छ ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट आयोजना प्रभावित स्थानिय र सर्वसाधारणलाई गरि २९ करोड ४१ लाख ४१ हजार बराबरको २९ लाख ४१ लाख ४१ हजार कित्ता शेयर निष्काशनको लागि अनुमति पाएको हो ।

स्थानीयलाई शेयर निष्काशन गरि बाँडफाँड गरेपछि अब कम्पनीले सर्बसाधारणलाई शेयर निष्काशन गर्ने छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS