IME Life

आजदेखि नेपाल फाइनान्सको अवितरित हकप्रद लिलामीमा विक्री खुला

SPIL
NIC ASIA

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले आज असार १७ गतेदेखि कुल १४ लाख ३९ हजार ४१२ दशमलव २७५ कित्ता अवितरित हकप्रद शेयर लिलामीमा विक्री गर्ने भएको छ । कम्पनीले जेठ ६ गतेदेखि २६ गतेसम्म ७० प्रतिशत हकप्रद शेयर विक्री खुला गर्दा वितरण हुन नसकेको उक्त शेयर लिलामीमा विक्री गर्न लागेको हो ।

कम्पनीले १० बराबर ७ को अनुपातमा प्रतिशेयर १०० अंकित दरको ३४ करोड ५४ लाख ४७ हजार ४२८ बराबरको ३४ लाख ५४ हजार ४७४ दशमलव २८ कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो ।

Prabhu
Crest

कुल शेयरमध्ये संस्थापक तर्फको ११ लाख ३६ हजार ७१६ दशमलव १८७ कित्ता रहेको छ भने सर्वसाधारणतर्फको ३ लाख २ हजार ६९६ दशमलव ०८८ कित्ता रहेको छ । असार २४ गतेसम्म गोप्यशिलबन्दी बोलपत्र पेश गर्न सकिने उल्लेखित शेयरको मूल्य प्रतिकित्ता १ सय रुपैयाँ तोकिएको छ ।

शेयर खरीदका लागि बोलकबोल गर्दा तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने व्यवस्था छ । यस शेयर खरीदका लागि न्यूनतम १०० कित्ता र अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

विक्री प्रबन्धकको जिम्मेवारी प्रभु क्यापिटल लिमिटेडले पुरा गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS