IME Life

सयपत्री हाइड्रोपावरको आइपीओमा आवेदन दिने समय थपियो

SPIL
NIC ASIA

काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने समय थप भएको छ । कम्पनीले पहिलो चरणको आइपीओ निर्धारित समयमा विक्री नभएपछि असार २४ गतेसम्म समय थप गरेको हो । कम्पनीले असार २ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरुलाई १ सय रुपैयाँ कित मूल्यका ३ लाख कित्ता शेयर विक्री खुला गरेको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र बाग्लुङ्ग जिल्लाको ताराखोला गाउँपालिका र गल्कोट नगरपालिकाका स्थानिय बासिन्दालाई उक्त शेयर निष्काशन गरेको हो ।

Prabhu
Crest

स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । रेटिङ एजेन्सी कियर नेपालले सयपत्रीको आईपीओलाई ‘कियर एनपी डबल बी’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ ।

उक्त आइपीआको विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ । स्थानीय बासिन्दाले प्रभु बैंकको ताराखोला र गल्कोट शाखा, ग्लोबल आइएमई बैंकको गल्कोट शाखा, कामना सेवा विकास बैंकको गल्कोट शाखा र एनआइबिएल एस क्यापिटल लाजिम्पाट, काठमाडौंबाट आइपीओमा आवेदन दिन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS