IME Life

ज्योति विकास बैंकको नयाँ शाखा ललितपुरको टीकाथलीमा

SPIL
NIC ASIA

काठमाडौं । ज्योति विकास बैंकले ललितपुरको टिकाथलीमा ११८औं शाखाको औपचारिक उद्घाटन गरेको छ। बैंकिङ्ग पहुंच थप विस्तार गर्दै आफ्ना सेवाहरू सहज रूपमा ग्राहकसमक्ष पुर्याउने उद्देश्यले बैंकले नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

महालक्ष्मी नगरपालिका वडा नं. ५, ललितपुरस्थित टिकाथली शाखाको समुद्घाटन महालक्ष्मी नगरपालिकाका मेयर हरि गोविन्द श्रेष्ठ र बैंकका अध्यक्ष हरि चन्द्र खड्काले संयुक्त गरेका हुन् । उद्घाटन समारोहमा बैंकका संचालक समितिका सदस्य,बैंकका विभिन्न पदाधिकारी र कर्मचारीहरु,ग्राहकवर्ग तथा स्थानीय व्यवसायीहरुको पनि उपस्थिति रहेको थियो।

Prabhu
Crest

साथै, ग्राहक वर्गको सेवामा थप विस्तार गर्दै सेवालाई छिटो, छरितो र सहज बनाउने उद्देश्यले बैंकले टीकाथली शाखा कार्यालय रहेको स्थानमा आजै देखि एटीएम सेवा पनि सञ्चालनमा ल्याएको छ।

नयाँ शाखा उद्घाटनको अवसरमा बैंकले टिकाथली शाखाका ग्राहकहरुको निमित्त शुन्य मौज्दातमै क्युआर कोड, निशुल्क डलर कार्ड जारी,निशुल्क डिम्याट खाता, निशुल्क मेरोसेयर रजिस्ट्रेशन, निशुल्क डेबिट कार्ड, निशुल्क मोबाईल बैंकिंग सेवा, निशुल्क इन्टरनेट बैंकिंग सेवा, सबै मुद्दती निक्षेपहरुमा मासिक ब्याज भुक्तानी ,कर्जा सेवा शुल्कमा ०.२५५ छुट लगायत विभिन्न सुविधाहरु प्रदान गर्ने भएको छ।

शाखा विस्तारसँगै उपत्यका र उपत्यका बाहिर गरी ज्योति विकास बैंकको ११८ वटा शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ६५ वटा एटीएम पुगेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS