आज १८१ कम्पनीको शेयर मुल्य बढ्यो

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ४१ दशमलव ३९ अंकले बढेर १,९६२ दशमलव ७१ को विन्दुमा कायम भएको छ । आज १८१ कम्पनीको शेयर मुल्य बढेको छ भने ९ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै आँधिखोला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । सिवाइसी नेपाल लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । बरुण हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ४५ प्रतिशतका दरले कमाएका छन् । सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै मैलुङखोला जलविद्युत कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले १ दशमलव ९१ प्रतिशतका दरले गुमाएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार