SKIP THIS

IK Anniversary
IME Life

नेप्से ४१ अंकले बढ्यो, १ अर्ब ४३ करोडको कारोबार हुँदा सबै उपसूचक हरियाली

SPIL
NIC ASIA

काठमाडौं । आज फेरी शेयर बजारमा भारी अंकले बढेको छ । आज शेयर बजार नेप्से परिसूचक ४१ दशमलव ३९ अंकले बढेर १,९६२ दशमलव ७१ को विन्दुमा कायम भएको छ । आज १८१ कम्पनीको शेयर मुल्य बढेको छ भने ९ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २२८ कम्पनीको ४३ लाख ८६ हजार ४३९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४३ करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै ङादी हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको ५ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, एशियन लाइफ इन्स्योरेन्स कम्पनीको ५ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमाको ४ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावरको ४ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै आँधिखोला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । सिवाइसी नेपाल लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । बरुण हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ४५ प्रतिशतका दरले कमाएका छन् । सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै मैलुङखोला जलविद्युत कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले १ दशमलव ९१ प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS